काठमाडौा । नेपाली कांग्रेसका नेता तथा रुपन्देही क्षेत्र नं ४ प्रतिनिधि सभाका उम्मेदवार प्रमोद यादवका छोरा निखिल यादवले चलाएको बा ०१–०२ ६६२९० नम्बरको कारले ६ जनालाई घाइते बनायो । बुटवलमा कारको ठक्करबाट घाइते हुनेमा तानसेन नगरपालिका–४ का कुनल श्रेष्ठ, बुटवल उपमहानगरपालिका–८ का विपिन श्रेष्ठ, देवदह नगरपालिका–१० का जीवन मल्ल, बुटवल उपमहानगरपालिका–७ का सुरज पाण्डे, बुटवल–१२ का दीपक पुन र बुटवल–१३ का मनोज थापा रहेका छन् ।
यो घटना हो शुक्रवार राती बुटवल कालिकानगरस्थित लर्ड क्लब अगाडिको । जहाँ यादवका छोरा निखिलको होटलवालासँग विवाद बढेपछि बाउन्सरले यादवलाई बाहिर निकालेपछि रिसाएर होटलको गेटमै वरपर व्याक गरेर तोडफोड गर्ने क्रममा ६ जना ब्यक्ति सहित आधा दर्जन सवारीमा समेत क्षती पुगेको प्रहरीको प्रारम्किभक अनुसन्धानले दे खाएको छ ।
विद्युतीय गाडी भएकाले आफूहरूले गाडीको आवाज नसुनेको र एक्कासि ठक्कर दिएको र भाग्य समय नै नभएको एक घायतेले बताए । ६ जनालाई यादवले गाडी ब्याक गराएर घाइते बनाएपनि अहिले कारबाहीको साटो मिल्न दबाब दिएको पिडितको गुनासो रहेको छ ।
कुनलको ढाडमा चोट लागेकाले अहिले तिनाउ अस्पतालमा उपचार भइरहेको छ भने उनीसँगै घाइते भएका २१ वर्षका सुजल पाण्डेको पनि सोही अस्पतालमा उपचार भइरहेको छ । सँगै रहेका २ जनाको चौराह अस्पतालमा उपचार भइरहेको छ भने दुई जना सामान्य उपचारपछि घर फर्केका छन् ।
पीडितहरूले कांग्रेस नेता यादवले गृहमन्त्री बालकृष्ण खाडको आडमा आफ्नो छोरा बचाउन अनेक चाल चलेको घायते तथा उनीहरुका आफन्तले आरोप लगाउँदै आएका छन् भने प्रहरीले अनुसन्धान भइरहेको जनाएको छ ।