अनुसा थापा- यतिखेर मुलुकमा चुनावी माहौल तातेको छ । चुनाव आउन अब धेरै दिन बाँकी छैन् । चुनाव नजिकिएसंगै नेकपा एमालेका विरोध गर्नेको संख्या ह्वात्तै बढेको छ । एमालेले धेरै ठाँउमा चुनाव हार्छ भन्ने विषयमा बहस चलेको छ । एमालेका अध्यक्ष केपी शर्मा ओलीले राजावादी कुरा लिएर हिँडेपछि जनताहरु भड्किएका छन् । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनको सिद्धान्तमा टेकेका ओलीविरुद्ध यतिखेर आवाज उठेको छ ।
राजतन्त्र फर्काउनुपर्छ, हिन्दु राज्य चाहिन्छ, संघीयता खारेज गर्नुपर्छ भन्ने विचार धारणा भएका ओलीको विरोधमा पार्टीभित्रै विद्रोह चलेको छ । केही दिनअघि एउटा कार्यक्रममा राप्रपाका अध्यक्ष लिङ्देनले भने,‘एमाले र हाम्रो पार्टीले जित्यो भने राजतन्त्र फर्किन्छ, राजा फर्किन्छन्, संघीयता खारेज हुन्छ, हिन्दु राज्य व्यूँतिन्छ ।’ ओलीले गर्दा लोकतन्त्र नै संकटमा परेको भन्दै एमालेका कार्यकर्ता निराश भएका छन् ।
ओलीको कारणले गर्दा उनीहरु भोट नहाल्ने अडानमा बसेका छन् । ओलीजस्तो अध्यक्षका कारण देशभरबाट एमालेले पाँच सिट पनि नजित्ने बताइन्छ । जनता एमालेबाट निराश हुनु स्वाभाविकै हो । तर, ओलीले आफ्नै कार्यकर्तालाई समेत खुसी बनाउन सकेनन् । चिया पसल, चौतारामा पनि यही विषयले चर्चा पाएको छ । आगामी मंसिर ४ गतेको चुनावमा एमालेका वरिष्ठ नेता नराम्ररी पछारिन्छन् भन्दै बहस चलेको छ ।
एमालेकै अध्यक्ष ओलीलाई समेत आफ्नो ठाँउ सुरक्षित गर्न मुश्किल पर्ने बताइन्छ । यता, शंकर पोखरेल, ईश्वर पोखरेल, महेश बस्नेत, गोकुल बाँस्कोटा, कोमल वली, पद्मा अर्याल, प्रदीप ज्ञवाली, योगेश भट्टराईलगायत एमालेका शीर्ष नेताका राजनीति यहीबाट सकिदैछ । आसन्न चुनावपछि एमालेको अनुहार सदनभित्र देखिदैन् । जनताले भोट दिँदैनन्, भोट नपाएपछि सदनभित्र छिर्न पाइएन् ।
एकताका एमालेप्रति सबैको ‘क्रेज’ थियो । भोट दिन उमेर पुगेकादेखि लिएर बुढाखाडा सबैले एमालेलाई नै भोट दिने भन्थे । विडम्बना, जनताको त्यो विश्वासमाथि ओली खडा हुन सकेनन् । मंसिर ४ गतेको चुनावपछि ओलीको बिजोग हुने निश्चित छ । एमालेबाट टिकट पाएर चुनाव लडेकाहरु पनि यतिखेर साह्रो तनावमा छन् । आउने चुनावमा हार्छौ भन्ने कुरा राम्ररी थाहा छ, त्यसपछि कसरी अनुहार देखाउने भनेर चिन्तामा छन् ।
२०७४ सालको चुनावमा नेकपा माओवादी केन्द्रलाई भर्याङ बनाएर एमालेले धेरै ठाँउमा विजयी हात पारेको थियो । जसले सहयोग गर्यो, उसैलाई ओलीले भित्तामा पुर्याउन खोज्नुको नतिजा हो यो । माओवादीका अध्यक्ष पुष्पकमल दाहाललाई पाखा लगाउन खोजेका ओली अहिले एक्लिएका छन् । अरुलाई सिद्धयाउने सपना देखेका उनी आफैं सिद्धिए । राजनीतिमा ओलीभन्दा प्रचण्डको संघर्ष धेरै छ ।
अहिले जनतालाई बोल्न सक्ने बनाउने नै प्रचण्ड हुन् । राजतन्त्र फालेर गणतन्त्र ल्याउनका लागि प्रचण्डले ठूलै युद्ध लड्नुपरेको थियो । यता, राजनीतिमा प्रचण्ड अरु नेताका ‘बाउ’ हुन् । प्रचण्डले विश्वास गरेर ओलीसंग पार्टी एकीकरण गरे । तर, ओलीले धोका दिएर प्रचण्डलाई नै सिद्धयाउन खोजे । पाँच वर्षको कार्यकालमा आधा ओली र आधा प्रचण्डले प्रधानमन्त्री पद सम्हाल्ने भनेर लिखित सम्झौता गरे ।
ओलीले न पार्टी चलाउनका निम्ति पूरा अधिकार प्रचण्डलाई दिए । आधाआधा प्रधानमन्त्री चलाउने भनेर गरेको लिखित सहमति पनि पूरा भएन् । ओलीले प्रधानमन्त्री पद प्रचण्डलाई दिएनन् । बरु, प्रचण्डलाई एक्लाउनका लागि रणनीति बनाए । प्रचण्डसंगै भूमिगत बसेका नेताहरुलाई माओवादीबाट एमालेमा ल्याए । आफूलाई बलियो बनाउनका लागि ओलीले सक्दो नचाहिदो काम गरे ।
आफ्नो प्रधानमन्त्री पद जोगाउनका लागि दुईचोटि संसद् विघटन गरे । अविश्वासको प्रस्ताव ल्याएर आफूलाई हटाउँछन् भन्ने भेउ पाएका ओलीले संसद् विघटन गरे । महेश बस्नेतले प्रचण्ड र माधवकुमार नेपाललाई भित्तामा टाँसदिन्छौ, माथि पुर्याइदिन्छौ, यिनीहरुको राजनीतिलाई धुलो चटाइदिन्छौ भनेर भाषण गर्दै हिँडे । त्यसपछि माओवादी आफ्नै पार्टीमा फर्कियो ।
माधवकुमार नेपालले रुँदैरुँदै एमाले परित्याग गरे । एमालेमा कुन नेता राम्रा छन् र ? के आधारमा जनताले भोट दिने ? गोकुल बाँस्कोटालाई ७० करोडको भ्रष्ट्राचार आरोप लागेको छर्लङ्ग छ । गुण्डागर्दी पृष्ठभूमिबाट आएका महेश बस्नेतलाई चुनाव हारेपनि मन्त्री बनाइयो । मन्त्री बनेर भ्रष्ट्राचार गर्नसम्म गरेका छन् । ईश्वर पोखरेल त ट्याङकीभर कालो धन लुकाउने व्यक्ति भइहाले ।
कोमल वली परिन् कलाकार । पार्टीकै अध्यक्ष ओलीसमेत मान्छे मारेर १४ वर्ष जेल बसिसकेका छन् । अनि एमालेका कुन नेता सक्षम छन् ? कुन चाहि चोखा छन् ? सबैमा केही न केही दाग लागेको छ । मनमोहन अधिकारी र मदन भण्डारीको नाम बेचेर ओलीले कति व्याज खाने ? अब जनताले यो मौका दिँदैनन् । ओलीसंग न विचार छ न सिद्धान्त । ओलीको उखानटुक्का भन्ने दिन पनि गए ।
उखानटुक्का भनेर जनतालाई हसाउँछु, आफ्नो प्रभावमा पार्छु भन्ने ओलीका दिन गए । महेश बस्नेतको धम्कीपूर्ण शब्द पनि काम नलाग्ने भइसकेको छ । उनको नाडी जनताले छामिसके, उनको पृष्ठभूमि पनि जनताले थाहा पाइसकेका छन् । मंसिर ४ पछि एमालेको दिनदशा शुरु हुन्छ । अहिले जति नै फाइफुट्टी लगाएपनि एमाले अब नाममै सीमित हुन्छ । सबैतिरबाट चुनाव हारेपछि औला पार्टीका सबैभन्दा गयगुज्रिएका नेतातिरै उठ्छ ।पार्टी फुटेर फेरिपनि टुक्राटुक्रा हुन्छ । एमाले डामाडोल हुन्छ, विद्रोह शुरु हुन्छ । अबको ५० वर्षसम्म एमाले पहिलो पार्टी बन्न सक्दैन् । एमाले यस्तो हालतमा पुग्नुको प्रमुख दोषी ओली आफै नै हुन् । प्रधानमन्त्री चलाउन नसकेको भए पद छोडिदिनुपथ्र्यो । संसद् विघटन नगरिदिएको भए एमाले तहसनहस हुनबाट जोगिन्थ्यो । जनता भन्छन्,‘एमालेलाई भोट दिनु हुँदैन्, भोट दिएर पनि के गर्ने ? तीन वर्षमा दुईचोटि संसद् विघटन गर्छन् । एमालेलाई भोट दिनु भनेको मत खेर फाल्नु मात्र हो ।’
२०७४ सालको चुनावमा एमालेले ठूल्ठूला आश्वासन दिएको थियो । हाम्रो पार्टीलाई भोट दिनुस्, जित्नेबित्तिकै पाँच हजार भत्ता दिन्छौ भनेर बुढाबुढीसंग भोट माग्ने एमाले नै हो । त्यत्रो वर्ष सरकारमा बस्यो तर पाँच हजार भत्ता पुर्याइदिएन् । बुढाबुढीलाई ढाँट्यो । आशिर्वाद दिनुपर्ने बुढाबुढी एमालेप्रति आक्रोशित भएका छन् । ५० लाख विदेशी भित्राउने भन्यो त्यो पनि गफमै सीमित भयो ।
पानी जहाज र रेलका कुरासमेत निस्किए । घरघरमा ग्याँसको पाइप भनेर नचाँहिदो भाषण ठोकेर एमालेले जनतालाई उल्लु बनाउनसम्म बनायो । युवालाई शैक्षिक प्रमाणपत्र राखेर कि कर्जा कि बेरोजगारी भत्ता भन्ने पनि एमाले नै हो । ठूल्ठूला गफ गरेर जनताको भोट लियो सरकारमा पुग्यो । सरकारमा पुगेर काम गर्न आछ्युआछ्यु पर्यो । पदमा पुगेर गरिब जनताका लागि थप निर्णय गर्नुको साटो उल्टो भएका निर्णयहरु पनि उल्टाइदिए ।
ओली सरकार आउनुअघि नेपाली कांग्रेसको सरकार थियो ।
प्रधानमन्त्री शेरबहादुर देउवाले त्यतिखेर दीर्घकालिन रोगीलाई मासिक ५ हजार भत्ता दिने भनेका थिए । मुटु, मिर्गौला, कलेजो फेल भएका, मेरुदण्ड भाँच्चिएका, मानसिकता गुमाएकालाई भत्ता दिने निर्णय भएको थियो । त्यस्तै ज्येष्ठ नागरिकको उमेरदर घटाएर ७० बाट ६८ वर्ष बनाउने भनिएको थियो । बिहे नगरिकन बसेका महिलालाई समेत भत्ता दिने देउवाको निर्णय थियो ।
एकल पुरुषले पनि भत्ता पाउने भएका थिए । तर, ओलीले सखाप पारिदिए । देउवाले गरेको निर्णय सबै उल्टाइदिए । देउवाको सरकार हिरो बन्छ भनेर ओलीले गर्न नहुने काम गरे । गरिब जनताको पेटमाथि लात हाने । कोरोना महामारी आएपछि दुई चोटि लकडाउन गरे । जनताले लकडाउनमा भोक खेपेर बसे । राहतको नाममा अर्बौं रुपैयाँ बाँडियो । तर, भाडावाललाई राहत दिइएन् ।
जानाजान नागरिकता भएका र घरधनीले सिफारिस गरेकालाई मात्र राहत दिने नियम बनाइयो । भाडामा बस्नेले पनि त कर तिरेका थिए होला ? कि आफ्नो कार्यकर्तालाई मात्र राहत बाँड्न ओलीले आफ्नो निजी सम्पत्तिबाट दिइएको हुनुपथ्र्यो । घरधनीले सिफारिस नगरिदिँदा कति भोकभोकै बसे । कतिले आत्महत्या गरे, कति रातदिन हिँडेर घर गए । सञ्चारमाध्यमले बाहिर ल्याउँदा मिडियाकर्मीमाथि नै ओली खनिए ।
उनीहरुले साता दिनदेखि चाउचाउ मात्र खाएको गुनासो पोखिरहेका छन् । खुट्टा सुन्निएर हिँड्न नसक्ने अवस्थामा पुगेको त ओलीले पनि देखेका थिए । त्यस्तो बेलामा समेत ओलीको मन पग्लिएन् । वालुवाटारमा नेपालको नक्शा भएको केक काट्ने, बाँसुरी बजाएर दिन कटाउने । काम केही नगर्ने अनि जहिले मिडियाले राम्रो लेखेन् भनेर गुनासो गर्ने । मिडियाका सम्पादकलाई वालुवाटार बोलाएर चियाबिस्कुट खुवाउने । यस्तो व्यक्तिलाई अब पनि भोट दिइयो भने देशको हालत के होला ?