काठमाडौँ १४ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई छेपारोको संकेत दिएका छन् । मदन भण्डारीको ७० औँ जन्मजयन्तीको अवसरमा पार्टी अध्यक्ष समेत रहेका ओलीले प्रचण्डलाई छेपारोले झैं रंग फेरेको आरोप लगाएका हुन् ।
प्रचण्डले हालै दिएको अभिव्यक्तिलाई लिएर ओलीले छेपारोको संकेत दिएका हुन् । खैरोखौरो मुढामा गयो भने खैरो रंग बनाउने छ । हरियोमा गयो भने हरियो हरियो रंग बनाउँछ । अलि कालोकालो बोक्रो भएकामा पुग्यो भने कालोकालो बनाउँछ । छेपारोले रंग फेर्छ त, प्रचण्डलाई संकेत गर्दै ओलीले भने । कार्यक्रमा ओलीले प्रचण्डलाई तिमि समेत नभनि भन्छ भन्दै प्रचण्डको टिप्पणी गरेका छन् ।
‘कहिले कम्फर्टेबल सरकार बनाइदिन्छु भन्छ । कहिले यस्तो हुँदा पनि हाम्रा लोकतान्त्रिक छिमेकी के हेरेर बसेका छन्, किन हस्ताक्षेप गर्दैन भन्छ । कहिले गणतन्त्र ल्याउने मैं हुँ भन्छ, कहिले गणतन्त्रभन्दा राजतन्त्र राम्रो भन्न पुग्छ । कहिले राष्टपतिभन्दा राजा नै ठीक भन्छ’ओलीले भने ।
नेपाली जनताको नरसंहार गरेको आरोप समेत लगाएका ओलीले अध्यक्ष प्रचण्डले बैँक लुटेको आरोप समेत लगाएका छन् ।