काठमाडौं । भाइटीकाका दिन रानीपोखरीबीचको बालगोपालेश्वर मन्दिर खुल्ने खुल्ने भएको छ । नेपालीहरुको महान पर्व भाइटीकाका अवसरमा बिहीबार बिहानैदेखि मन्दिर खोल्न सबै तयारी पूरा भएको काठमाडौं महानगरपालिकाले जनाएको छ । काठमाडौं महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरका अनुसार रानीपोखरीबीचको बालगोपालेश्वर मन्दिर भोलि भाइटीकाका दिन बिहानैदेखि खुला गरिनेछ ।
यो मन्दिर प्रत्येक वर्ष कार्तिक शुक्ल द्वितीया अर्थात् भाइटीकाका दिनमात्र भक्तजनका लागि खुला गरिन्छ । भाइटीकाका अवसरमा दाजुभाइ नहुने दिदीबहिनी र दिदीबहिनी नहुने दाजुभाई रानीपोखरीबीचको बालगोपालेश्वर मन्दिरमा आई पूजा आराधना गरेर टीका लगाउने परम्परा रही आएको छ ।
यो पनि : तिहार बिदा मनाउन आएका पर्यटकले होमस्टे भरीए : लामो छुट्टीमा घुम्न जाने संस्कृति नेपालीमा समेत बढ्न थालेको छ । दशैंमा हुने लामो बिदामा धेरै व्यक्ति विभिन्न स्थानमा घुम्न निस्किन्छन् । लमजुङमा पछिल्लो समय होमस्टे घुम्न गएर दसैं मनाउने आन्तरिक पर्यटकहरुको संख्या पनि बढेको छ । दसैं र तिहार बिदालाई धुमधामका साथ मनाउने प्रचलन बढ्न थालेपछि स्वदेशी पर्यटक पनि होमस्टे तिर लागेका छन् ।
सुखी गाउँ घलेगाउँ र नेपालकै नमुना गाउँ काउलेपानीमा यतिबेला तिहार बिदा मनाउन आएका पर्यटकले होमस्टे नै ‘हाउसफुल’ भएको छ । ‘बिदा मनाउनका लागि समूह समुह बनेर आउने क्रम जारी छ,’ काउलेपानी पर्यटन ब्यवस्थापन समितिका अध्यक्ष देबबहादुर गुरुङले भने, ‘गाउँका सवै होमस्टे घरहरु पर्यटकले भरिएका छन् ।’ उनका अनुसार होमस्टेमा दशै मनाउनका लागी ५०/६० जना आन्तरिक पर्यटक आएका छन् ।