गगन थापा भन्छन् 'गठबन्धनले देशैभर शानदार जित निकाल्छ' — OSNepal

गगन थापा भन्छन् ‘गठबन्धनले देशैभर शानदार जित निकाल्छ’

LC (KTM) October 26, 2022 0

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले देशैभर गठबन्धनले शानदार जित निकाल्ने दाबी गरेका छन् । ओखलढुंगा–काठमाडौं सम्पर्क मञ्चले बुधबार काठमाडौं क्षेत्र नम्बर ४ मा गरेको कार्यक्रममा बोल्दै महामन्त्री थापाले गठबन्धनले सात वटै प्रदेश र संघमा शानदार जित निकालेपछि गठबन्धनको सरकार बन्ने ठोकुवा गरेका हुन् । उनले भने ‘म निर्वाचन जित्न गाह्रो देखिरहेको छैन, तर निर्वाचन पछिको दिनका निम्ति संकल्प गरेका छौं, त्यो गाह्रो देखिरहेका छन् ।’

यो पनि : समानुपातिक तर्फका उम्मेदवारको अन्तिम नामावली सार्वजनिक : निर्वाचन आयोगले बुधबार समानुपातिक तर्फका उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गरेको छ ।

आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीतर्फ स्वीकृत निर्वाचन कार्यक्रम बमोजिम प्रतिनिधिसभा तथा प्रदेश सभा सदस्यको लागि राजनीतिक दलहरूले पेस गरेका बन्दसूचीको जाँचबुझ गरी बुधबार सार्वजनिक गरेको हो ।

प्रतिनिधिसभा सदस्य समानुपातिक निर्वाचन निर्देशिका,२०७९ को दफा २८ तथा प्रदेश सभा सदस्य समानुपातिक निर्वाचन निर्देशिका,२०७९ को दफा २८ बमोजिम कायम गरिएको उम्मेदवारको अन्तिम बन्दसूची प्रकाशन गरिएको आयोगले जनाएको छ ।

सुदूरपश्चिममा एमालेका तीन नेता पार्टीबाट निश्कासित : नेकपा एमालेले सुदूरपश्चिमका तीन जिल्लाका तीन नेतालाई कारबाही गरेको छ । एमालेको सुदूरपश्चिम प्रदेश कमिटीले बुधबार तीन नेतालाई कारबाही गरेको हो ।

एमाले सुदूरपश्चिमका सचिव धर्मराज पाठकका अनुसार पार्टीको अनुशासन उल्लंघन गरेको भन्दै प्रदेश कमिटीका सदस्यहरू जय राज पाण्डये (कञ्चनपुर), प्रेम शाह (डोटी) र यज्ञराज बास्तोला (कैलाली) लाई पार्टीबाट निश्कासित गरिएको हो । उनीहरूलाई पार्टीको विधानको धारा ८१ (१) बमोजिम साधारण सदस्यता समेत नरहने गरी निष्कासन गरिएको एमालेले जनाएको छ ।

उनीहरूले आसन्न संसदीय निर्वाचनमा पार्टीको आधिकारीक उम्मेदवारविरुद्ध गतिविधि गरेको एमालेको ठहर छ । एमाले सुदूरपश्चिमले पार्टी विधानको धारा ८० (६) बमोजिमको गम्भीर अनुशासन उल्लंघन गरेको भन्दै उनीहरूमाथि कारबाही गरिएको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर