संसद विघटनविरुद्धको मुद्धाको सुनुवाई हुनु कानुनी दृष्टिले त्रुटिपूर्ण भएको बडालको दावी — OSNepal

संसद विघटनविरुद्धको मुद्धाको सुनुवाई हुनु कानुनी दृष्टिले त्रुटिपूर्ण भएको बडालको दावी

LC (KTM) June 28, 2021 0

काठमाडौँ १४ असार । सरकारको प्रतिरक्षा गर्दै संसद विघटनको मुद्धामा बहस गरिरहेका महान्यायाधिवक्ता रमेश बडालले संसद विघटनविरुद्ध मुद्धाको सुनुवाई हुनु कानुनी दृष्टिले त्रुटिपूर्ण रहेको बताएका छन् ।

आजबाट सरकारको पक्षमा सुरु भएको बहसमा अधिवक्ता बडालले ‘निवेदकहरूले रिटमा के लेख्नु भयो र अदालत कहाँनेर झुक्कियो ? यो संवैधानिक इजलासमा आइपुग्नु पर्ने मुद्दा नभएको बताएका हुन् । जुन धारा टेकेर मुद्दा दिइएको छ, त्यो धाराको कुरा नै अदालतमा नउठेको बडालको तर्क रहेको छ ।

बहस गर्ने क्रममा बडालले दलीय व्यवस्थामा अर्को दललाई समर्थन गर्ने व्यवस्था समेत नभएको जिकिर गरेका छन् । ‘दलभित्र पराजित हुने अनि दलभित्र मैले शासन गर्न पाउनुपर्छ भन्न मिल्छ ? त्यो त होइन होला । दलको टिकट लिएर जितेर निर्दलीय भन्न पाइँदैन’ उनले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर