एजेन्सी । भारतीय अभिनेता ऋतिक रोशनले प्रेमिका सबा आजादसँग पहिलो दीपावली मनाएका छन् । अक्टोबर २४ मा साबाले आफ्नो सामाजिक सञ्जालमा साबाले ऋतिकसँग सँगै तिहार मनाएको तस्विर सेयर गरेकी हुन् ।
तस्विरमा यो जोडी सेतो रंगको जातीय पोशाकमा देखिएका छन् । दुवैको तस्बीर सामाजिक सञ्जालमा चर्चाको विषय बनेका छन् । बाले ऋतिकसँगको सेल्फी सेयर गरेकी छन् । तस्विरमा धेरैले कमेन्ट गरेका छन् ।
दुवै सेतो पोशाकमा मुस्कुराउँदै देखिएको तस्विरलाई धेरैले मन पराएका छन् । साबाले ऋतिकको घरमा लगाइएको डायसको फोटो पनि सेयर गरेकी छिन् । ऋतिकले सन् २००० मा इन्टेरियर डिजाइनर सुजैन खानसँग विवाह गरेका थिए ।
उनीहरू सन् २०१४ मा छुट्टिए पनि दुवैले आफ्ना सन्तान सँगै हुर्काउँदै आएका छन् । ऋतिकले अब छिट्टै साबासँग बिहे गर्ने तयारी गरेको बताइएको छ । यता सुजैन पनि एक युवकको प्रेममा चुर्लुम्म छिन् ।