काठमाडौँ १४ असार । काठमाडौं उपत्यकामा भोली मंगलबारबाट २५ सिटभन्दा बढीका सार्वजनिक सवारी साधन जोर बिजोर प्रणालीका आधारमा चल्न पाउने भएका छन् । आज सोमबार तिनै उपत्यकाको प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठकले यो निर्णय गरेको हो ।
तर साना सार्वजनिक सवारी साधनको लागि भने केहि निणर्य गरिएको छैन । २५ सिट भन्दा बढीको सवारी साधने पनि उचित स्वास्थ्य मापदण्डका नियम प्रयोग अनिवार्य गर्नुपर्ने भएको छ । यसभन्दा अघि ११ बजे सम्म खुलेको किनारा पसल अब भोलीबाट साँझ ६ बजे सम्म खोल्न पाउने भएको छ ।