काठमाडौं -अहिले पछिल्लो समय चर्चामा रहेको जोडी हो बबिता बानिया ‘जेरी’ र उनका श्रीमान शंकर क्षेत्री । यो जोडी डिर्भोस गर्ने भएसँगै उनीहरु चर्चामा छन् । तर डिर्भोस हुने लाग्दा यो जोडीले आइतबार साझ एक साथ जेरीको जन्म दिन मनायो ।
काठमाडौं जिल्ला अदालतमा श्रीमतीविरुद्ध डिभोर्सको मुद्दा दायर गरेका शंकर सहृदयीरूपमा जेरीको जन्मदिनको कार्यक्रममा सरिक भए । अलग हुन थाले पनि शंकरकै योजनामा जुनकिरी रोधी क्लबमा जन्मदिन समारोह आयोजना गरिएको थियो । जेरीले जन्मदिनको पहिलो केक शंकरलाई नै खुवाइन् । अनि, शंकरले पनि जेरीलाई खुवाए । तर, सम्बन्धविच्छेदको प्रसंगका कारण जन्मदिनको समारोह एकाउक माहोल भाबुक बनेको थियो ।
उपस्थित कलाकारहरूको आँखामा आँशु रसाएपछि महोल फरक बनेको थियो । जेरी र शंकरले एकअर्काप्रति सहानुभूति र सौहार्दता प्रस्तुत गर्दै सञ्चारमाध्यमसँग कुराकानी गरे ।
अहिलेसम्म सम्बन्धविच्छेद नभइसकेको बताए पनि यो अब टर्न नसक्ने डिर्भेस र्भपछि दुई मध्य एक जना बिदेश जाने सम्भबत जेरी विदेश जाने सम्भाबना बढी रहेको जेरीले बताइन् ।
जेरीले आपसी समझदारीमा नै सम्बन्धलाई पूर्णविराम दिन लागिएकाले शंकरमाथि कुनै पनि नकारात्मक टिप्पणी नगर्ने दर्शकहरूलाई आग्रह गरेकी छन् । अदालत बिदा भएकाले अब तिहारपछि मात्रै उनीहरूको सम्बन्धविच्छेद टुंगिने भएको छ ।