भोलिदेखि उपत्यकामा बस चल्न दिने , यस्ता छन् सर्त — OSNepal

भोलिदेखि उपत्यकामा बस चल्न दिने , यस्ता छन् सर्त

LC (KTM) June 28, 2021 0

काठमाडौं-जारी निषेधाज्ञा केही खुकुलो हुने भएको छ आज बसेको काठमाडौ उपत्यकाका ३ जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले निषेधाज्ञा खुकुलो पार्दै भोलिदेखि काठमाडौं उपत्यमा २५ सिट माथिका सार्वजनिक बस चल्न दिने निर्णय गरेको हो ।

यस अघि बैठकले निजी सबारी साधन मा जोर बिजोर प्रणाली लागु गरेर चल्न दिएको थियो । तर अब जोर बिजोर प्रणालीका आधारमा सार्वजनिक बस चल्न दिने निर्णय भएको ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले बताए ।

ती बसहरूले स्वास्थ्य मापदण्ड पालना गर्नुपर्ने, बसमा सेनीटाइजर राख्ने तथा सिटमा यात्रुको दूरी राख्नुपर्ने जस्ता मापदण्ड तोकिएको छ । कोरोना संक्रमण केही घटेपछि३ जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले यस्तो निर्णय लिएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर