युवाले नेतृत्व गर्न सक्छन् भन्ने उदाहरणका रुपमा स्थापित मदन भण्डारी, ३७ वर्षमा पार्टीको महासचिव — OSNepal

युवाले नेतृत्व गर्न सक्छन् भन्ने उदाहरणका रुपमा स्थापित मदन भण्डारी, ३७ वर्षमा पार्टीको महासचिव

LC (KTM) June 28, 2021 0

काठमाडौं १४ नेकपा एमालेका नेता विष्णु रिजालले युवाले नेतृत्व गर्न सक्छन् भन्ने उदाहरणका रुपमा स्थापित जननेता मदन भण्डारीप्रति जन्मदिनका अवसरमा हार्दिक सम्मान भन्दै यसरी सम्झिएका छन् । आज ७० औं जन्मजयन्तिको दिवसमा नेता रिजालले यसरी भण्डारीलाई सम्झिएका हुन् ।

जम्मा ४१ बर्ष बाँचका भण्डारीले ३७ बर्षमा नेकपा ९माले० को महासचिव भएर ३ बर्ष ८ महिना नेतृत्वमा रहेको बताएका नेता रिजालले सिक्ने कुरा गरिुरहँदा नेता भण्डारीलाई बिर्सन नहुने बताएका हुन् ।

नेता रिजालले ट्वीटर मार्फत यस्तो प्रतिक्रिया दिएका हुन् । नेपालको कम्युनिस्ट आन्दोलनमा आज पर्यत्न चुनौतीविहीन नेताका रुपमा हुनुहुन्छ। नेता रिजालले भनेका छन् , मदन भण्डारी (०९ असार १४–०५० जेठ ३) जम्मा ४१ बर्ष बाँच्नुभयो । ३७ बर्षमा नेकपा (माले) को महासचिव हुनुभयो, ३ बर्ष ८ महिना नेतृत्वमा रहनुभयो, साढे २ बर्ष सार्वजनिक जीवन बिताउनुभयो, जम्मा एउटा चुनाव लड्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर