२० वर्ष अघि इन्गेमेन्ट गरेका अभिषेक र करिश्मा एक्कासी भेट हुँदा माहोल बन्यो स्तब्ध — OSNepal

२० वर्ष अघि इन्गेमेन्ट गरेका अभिषेक र करिश्मा एक्कासी भेट हुँदा माहोल बन्यो स्तब्ध

LC (KTM) October 24, 2022 0

काठमाडौँ । चर्चित नायिका करिश्मा कपुर र नायक अभिषेक वच्चन कुनै समय एकअर्काका प्रेमी प्रेमीका थिए । हाल ऐश्वर्या रायको प्रेममा सुखद जिन्दगी बिताइरहेका अभिनेता अभिषेक कुनै समय नायिका करिश्मा कपुरको मायामा पागल बनेका थिए । उनै अभिषेक र करिश्माको विबाहको तयारी गर्दै यो जोडीले इन्गेजमेन्ट समेत गरेको थियो ।

एक अर्काले औँठी साटाटासट गरेको २० वर्षपछि उनीहरु मनिष मल्होत्राको दिवाली पार्टीमा जम्काभेट हुँदा उनीहरुबिच यो पटक भने भाग्ने समय नै बचेन । यसअघि एकै कार्यक्रममा पुग्दा पनि कहिले को कहिले को भाग्दै लुक्दै न नबोल्दै आएका यी दुई यसपटक भने यसरी जालमो परेकी उनीहरुले एक अर्कासँग नजिक मात्रै हुनु परेन अभिषेक पत्नि ऐश्वर्याले फोटो समेत खिच्न भ्याइन् ।

जुन तस्विर अहिले सामाजिक संजालमा भाइरल बनिरहेका छन् । सन् २००२ मा इन्गेजमेन्ट टुटेदेखि यो जोडीबिच कहिल्यै बोलचाल समेत नभएको भारतीय मिडियाहरुमा बेला बेलामा समाचारहरु आइरहन्छन् । तर यसपटक भने मनिषको पार्टीले अभिषेक र करिश्माबिचको त्यो इगोलाई हटाउने काम गरेको छ । उनीहरु एउटै कार्यक्रममा पुगेर तस्विर समेत एकसाथ खिचाएका छन् ।

सन् २००२ मा करिश्मा र अभिषेकले धुमधामले इन्गेजमेन्ट गरेका थिए । अरु त अरु विबाह अघि नै करिश्मालाई अभिषेककी आमा जया वच्चनले बुहारी भनेर समेत बोलाउने गर्थिन् । तर यो जोडीमा कसको आँख लाग्यो र जयाले न करिश्मालाई बुहारी बनाउन पाइन् न त करिश्माले अभिषेकलाई नै आफ्नो पति मान्न पाइन् । सोही समयदेखि एकअर्काबाट टाढा नै रहँदै आएका यी दुईले अहिलेसम्म सम्बन्ध तोडिनुको रहस्य पनि खोलेका छैनन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर