अभिनेता सलोन बस्नेतले भने 'विवाहको सबै टुंगो लागिसकेपछि प्रेमिका करिश्माको नामको ट्याटु हानेको हु' — OSNepal

अभिनेता सलोन बस्नेतले भने ‘विवाहको सबै टुंगो लागिसकेपछि प्रेमिका करिश्माको नामको ट्याटु हानेको हु’

LC (KTM) October 24, 2022 0

काठमाडौँ । नायक सलोन बस्नेतले मंसिर १२ गते विवाह गर्दैछन्। सलोनले ४ दिनसम्म भव्य कायृक्रमकाबिच विबाह गर्दैछन् । उनले आफ्नी प्रेमिका करिश्मा केसीसँग विवाह गर्न लागेका हुन्।

नेपाल एयरलाइन्समा काम गर्ने एयर होस्टेस करिश्मासँग लगनगाँठो कस्न लागेका बेला सलोनका बाबु शोभित पनि निकै उत्साहका साथ छोराको विबाह गर्न लागेको बताउँछन् । पारिवारिक स्रोतका अनुसार मंसिर १० र ११ गते चन्द्रागिरि रिसोर्टमा मेहेन्दी उत्सव, १२ गते पातले वनमा वैवाहिक कार्यक्रम र १४ गते काठमाडौंको एक पाँचतारे होटलमा रिसेप्सनको आयोजना गरिनेछ । यतिबेला सलोनलाई विवाहसँगै फिल्म मिलनको प्रचारको समेत चटारो छ ।

सलोनको मुख्य भूमिका रहेको फिल्म मिलनको पत्रकार सम्मेलनमा बोल्दै शोभितले छोरा सलोनले बिहे गरेपनि उनको मार्केट डाउन नहुने समेत भन्न भ्याए । सोभितले छोरा सलोनलाई लिएर हिमालपारिको जिल्ला मनाङमा ‘लोकेसन हन्टिङ’ नामक फिल्म बनाउँदैछन् । जसका लागि तिहारलगत्तै सलोनलाई लिएर शोभित त्यसतर्फ जाने बताइएको छ ।

सलोनको मुख्य भूमिका रहेको फिल्म ‘मीलन’को प्रदर्शनको पखाईमा छन्। यो फिल्म कात्तिक १८ गतेदेखि प्रदर्शन हुँदैछ। सलोनले नेपाली बाबु बाट बालकलाकारको रूपमा डेब्यू गरेका थिए।

उनले होस्टल, ए मेरो हजुर २, ए मेरो हजुर ३ ए मेरो हजुर ४, गाजलु, यात्रा, जय भोले, डाडाँको वरपीपल, बाबु कान्छा लगायत थुप्रै फिल्ममा अभिनय गरिसकेका छन्। सलोनसलोनका बाबु सोभित बस्नेतले भव्य रुपमा मनाउने इच्छा देखाएसँगै मंसिर १० गतेदेखि १४ गतेसम्मै वैवाहिक कार्यक्रमको तयारी गरेको छ ।यहिबिच उनले बिहीबार राजधानीमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै बस्नेतले आफ्नो ४ वर्ष लामो प्रेमलाई विवाहमा परिणत गर्न लागेको बताएका छन्।

उनले एउटा यात्रा पूर्ण बिराम लागेर अर्को यात्रा शुरु गरेको अवसरमा विवाहको सबै टुंगो लागिसकेपछि प्रेमिकाको नामको ट्याटु हानेको बताए। उनले आफ्नो प्रेम यात्रा रूम नम्बर १०८ को गीतका लागि मोडल खोज्ने क्रममा भएको र त्यसपछि आफ्नो प्रेमको बारेमा फोनबाट प्रपोज गरेको बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर