काठमाडौं । पति पत्निबिच डिर्भोसको प्रकृया चलिरहेका बेला एक पतिले पत्निलाई अमानविय ब्यबहार गर्दै निकै दुख दिएका छन् । अमेरिकाको वासिङ्टनका ४२ वर्षीय याङ सुक एन घटना भएको दिन घरमा एक्लै थिइन् । उनका ५३ वर्षीय श्रीमान् चाइ क्योङले सम्बन्धविच्छेदको तयारी गरिरहेका बेला एक्कासी भनाभन हुन पुग्यो ।
लामो समयदेखि पति–पत्नीबीच सम्पत्तिको विषयमा विवाद चलिरहेको थियो । दुवैले सम्बन्धविच्छेदका लागि निवेदन दिएका थिए । उनीहरु छुट्टाछुट्टै बस्दै आएको भएता पनि त्यसदिन उनीहरुको जम्काभेट भयो र ५३ वर्षीय श्रीमान् चाइ क्योङले आफ्नी श्रीमतीलाई मार्ने नियतले जिउँदै जमिनमा गाडे । श्रीमती बाहिर निस्कन नसकुन् भनेर उनले हात खुट्टा बाँधेका थिए ।
ति महिलाले आफ्नो नाक चिहानबाट बाहिर निकाल्न सफल भए लगत्तै उनले सास फेर्न पाएसँगै आफ्नो ज्यान बचाउन सफल भइन् । आफ्नो नाकबाहिर निकाल्न सफल भए लगत्तै उनले आफ्नो एप्पल वाचबाट आफ्ना नजिकका व्यक्तिहरूलाई अलर्ट सन्देश पठाएपछि प्रहरी तत्कालै घटनास्थल पुगेर उनको उद्धार गरेको थियो ।
ति पत्निका अनुसार पतिले आँफुलाई अपहरण ष्रेर सुरुमा चक्कु प्रहार गरेको र त्यसपछि हात खुट्टा बाँधेर गाडीको ट्रंकमा हालेर लगेको बताएकी छिन् । त्यसपछिउनलाई जङ्गलमा लगेर खाल्डोमा धकेलेर माथिबाट माटो खन्याए ।
यो सबै क्रममा याङले आफ्नो एप्पल वाचबाट साथीभाइ र आफन्तहरूलाई अलर्ट सन्देश पठाएकी थिइन् । उनी करिब ३ देखि ४ घण्टासम्म त्यही खाल्डोमा बस्न बाध्य बनेकी थिइन् ।