मुम्बई । अभिनेता शाहरुख खानफिल्म ‘पठान’को सुटिङ फेरि सुरु गरेका छन् । शाहरुखको मुख्य भुमिका रहेको फिल्मशुक्रबारबाट यशराज स्टुडियोमा सुटिङ सुरु भएको हो । फिल्ममा शाहरुखसँगै दीपिका पादुकोण, जोन अब्राहम र डिंम्पल कपाडियाको समेत महत्वपुर्ण भुमिका रहनेछ ।
फिल्ममा शाहरुख अहिलेसम्मकै फरक भुमिकामा देखिँदैछन् ।फिल्मको यस अगाडि कोरोना भाइरसको दोस्रो लहर सुरु हुन अगाडि सुटिङ सुरु भएको थियो ।
तर कोरोना ह्वात्तै बढेपछि रोकिएको छायाकंन अहिले सुरु भएको हो । फिल्ममा सलमान खानको पनि स्पेशल केमियो रहने बताइएको छ ।