बल्ल बाहिरियो जेरी र शंकरको डिभोर्सको नसोचेको रहस्य, एक पछि अर्को कुरा बाहिरिदै ! — OSNepal

बल्ल बाहिरियो जेरी र शंकरको डिभोर्सको नसोचेको रहस्य, एक पछि अर्को कुरा बाहिरिदै !

LC (KTM) October 23, 2022 0

काठमाडौँ – धुमधाम सँग विहे भएका र आदर्श जोडीको उपमा पाएको बबिता बानिया अर्थात जेरी र शंकर क्षेत्रीको विवाह भएको अढाइ बर्ष मात्र पुग्दा सम्बन्ध डिभोर्ससम्म पुगेको समाचार अहिले भाइरल भइरहेको छ ।

बिगत लामो समय देखिको प्रेमलाई विवाहमा परिणत गर्दै विवाह बन्धनमा कसिएका गायन जोडीलाई दर्शकहरुले निकै रुचाएता पनि उनीहरुको माया धेरै दिन टिक्न सकेन । आदर्श जोडीको उपमा पाएको उनीहरुको सम्बन्ध अन्ततः नरहने पक्कापक्की भएको हो ।

दोहोरी गाउंदा गाउँदै प्रेम भएको र सोही प्रेमलाई विवाहमा परिणत गरेका थिए । यो जोडीले ५ बर्ष लामो प्रेम सम्बन्धलाई २०७६ माघ २१ गते विवाहमा परिणत गरेका थिए ।

लामो समयदेखि रिलेसनसिप हुदैं विवाहसम्म पुगेका उनीहरुको २ बर्षकी छोरी पनि छिन् । यसै बिचमा उनका पति शंकरले उनलाई कुट पिट गर्ने गरेको समाचार पनि बाहिर आएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर