आफ्नै बुवाको हत्या गरेको अभियोगमा छोरा पक्राउ — OSNepal

आफ्नै बुवाको हत्या गरेको अभियोगमा छोरा पक्राउ

LC (KTM) June 28, 2021 0

खोटाङ १३ असार।आफ्नै बुवा ७२ वर्षीय चन्द्र कुमार राईको हत्या गरेको अभियोगमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-२ सोल्मा बस्ने उनकै छोरा २८ वर्षीय सुबर्ण राईलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

सुबर्णले चन्द्र कुमारलाई खुकुरी प्रहार गरेर हत्या गरी फरार भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय खोटाङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर