विजय थापा ,डिसी महानगर क्षेत्र । मिस नेपाल नर्थ अमेरिका (उत्तर अमेरिका नेपाल सुन्दरी )को लागि प्रतियोगीहरुको आवेदन अवधि समाप्ति संगै धमाधम प्रतियोगीको पूर्व परीक्षण(अडिसन )जारी राखिएको आयोजकले जनाएका छन् ।मिस नेपाल नर्थ अमेरिकाका संस्थापक सभापति शैलेश श्रेष्ठका अनुसार अन्तिम नामावली पनि छिट्टै सार्वजनिक हुने बताएका छन । प्रतियोगीहरुले आवेदन दिने मिति पहिला जुन १५ गरिएता पनि पछि जुन २५ गरिएको थियो ।
श्रेष्ठका अनुसार अमेरिकाका विभिन्न राज्यहरुबात आएका करिब डेढ दर्जन प्रतियोगीहरुको अन्तिम नामावलीमा उनीहरुको संक्षिप्त जानकारी समेत आउने बताए । उक्त प्रतियोगिताको लागि करिव ३ दर्जन जति निवेदन परेको थियो ।मिस नेपाल नर्थ अमेरिकाको लागि चर्चित कार्यकम प्रस्तोता तथा २०१० की मिस नेपाल अर्थ (पृथ्वी )साहना बज्राचार्य कार्यक्रम प्रस्तोता हुने भएकी छिन ।
को हुन् साहना बज्राचार्य :
साहना बज्राचार्य एक नेपाली मोडल(नमुना ) संचार टिभी एङ्कर(दूरदर्शन प्रस्तोता )अभिनेत्री र संचार माध्यमकि चिर परिचित व्यक्तित्व हुन् । उनले मिस नेपाल अर्थ २०१० को ताजमा पहिरिएकी थिइन।
साथै उनले मेगा मोडेल सिजन (ऋतु) २ की कार्यक्रम प्रस्तोता थिइन् । उनि नेपालबाट प्रकाशित हुने प्रसिद्ध टीएनएम म्यागजिन(पत्रिका)मा आउने उनि पहिलो महिला थिइन। उनी नमस्ते टिभी कार्यक्रमकी आतिथ्य लगायत धेरैमा उनले काम गरि सकेकी छिन ।
मिस नेपाल नर्थ अमेरिकाकी अफिसियल मेन्टोर अर्थात् आधिकारिक परामर्शदातामा २०१८ की मिस नेपाल वर्ल्ड शृंखला खतिवडालाई नियुक्त गरेको छ । यसै गरि २०१० की मिस नेपाल वर्ल्ड सदीक्षा श्रेष्ठलाई अफिसियल कोरियोग्राफर (आधिकारिक सम्पूर्ण प्रशिक्षण)को जिम्मेवार दिइएको छ ।
यसै गरि सन् २०१८ कि मिस नेपाल युनिभर्स ( पूर्व नेपाल ब्रम्हाण्ड सुन्दरी )मनिता देवकोटा प्रशिक्षक तथा प्रतियोगीलाई तालिमकर्ताको रुपमा सहयोग पुर्याउने छिन ।
कार्यक्रम आगामी अगस्त ७ ,शनिवार ,२०२१ को दिन आयोजना हुनेछ । गत बर्ष २०२० मा कोरोना महामारीको कारण उक्त प्रतियोगिता स्थगित गरिएको थियो । सन २०१९ मा सम्पन्न दोश्रो मिस नेपाल नर्थ अमेरिका-२०१९ ( उत्तर अमेरिका नेपाल सुन्दरी -२०१९ )मा न्यूयोर्क की श्रेया गजुरेल बिजयी घोषित भएकी थिइन् ।
११ बर्ष सम्म रणनीति कार्यक्रम व्यवस्थापन, परियोजना व्यवस्थापन तथा नेतृत्व व्यवस्थापनमा गहिरो अनुभव बटुलेका व्यक्तिहरू मिस नेपाल नर्थ अमेरिकाको आयोजक समूहमा शैलेश श्रेष्ठ संस्थापक सभापति रहेका छन् ।
सन् २०१९ मा पूर्व नेपाल सुन्दरी द्वय शृंखला खतिवडा तथा सदीक्षा श्रेष्ठले सहभागिता जनाएका थिए ।