काठमाडौं । टेलिभिजन रियालिटी सो द भ्वाइस अफ नेपालको कोचमा राजेशपायल राई चुनिएका छन् । सो का कोच एवं वरिष्ठ गायक दीप श्रेष्ठ अस्वस्थ बनेपछि एपिसोड २२ बाट राईले कार्यभार सम्हालेका छन् ।
कोरोनाभाइरस संक्रमणमुक्त भएपछि घरमै स्वास्थ्य लाभ गरिररहेका गायक दीपले केही समय आराम गर्नुपर्ने भएपछि राईलाई कोचका रुपमा लिइएको भ्वाइस अफ नेपालले जनाएको छ ।
राजधानि दैनिकमा खबर छ । नयाँ कोचको लागि शुभकामना दिँदै भिडियो सन्देश जारी गर्दै गायक श्रेष्ठले पनि आफ्ना प्रिय भाई राजेशपायल राईलाई कार्यभार सुम्पन पाउँदा खुशि लागेको बताएका छन् । कोच सम्हालेका राईले पनि श्रेष्ठको शीघ्र स्वास्थ्य लाभको कामना गरे ।