काठमाडौँ । खसीको मासु पकाउँदा श्रीमान श्रीमतीको झगडा हुन्छ र छुट्याउन गएका छिमेकीको मृत्यु हुन पुग्छ । खबर हो भारतको । भारतको मध्य प्रदेशको भोपालस्थित बिलखिरियामा पप्पू नामक एक व्यक्ति आफ्नी श्रीमती कुन्तीका साथमा खसीको मासु पकाएको विषयमा झगडा गरिरहेका बेला छुट्टाउन गएका छिमेकीको मृत्युको खबर यतिबेला सामाजिक संजाल छाएको छ ।
मासु पाएको थियो पप्पुको घरमा । उनले गएको मंगलबार खसीको मासु लिएर घर आए । तर श्रीमतीले मंगलबार भएकाले मासु नपकाउने बताइन् । त्यसपछि पप्पु रिसाउँदै मासु पकाउन थाले । तर कुन्ती मंगलबार मासु पकाएको भन्दै श्रीमानसँग रिसाइन् । यहि विषयमा दुवैबीच झगडा भयो । झगडाले उग्र रुप लियो । पप्पुले रिसले आगो हुँदै कुन्तीलाई कुटपिट गर्न थालेपछि कुन्ती चिच्याउन थालिन् । तब छिमेकी बल्लू नामक व्यक्ति दुवैको झगडा शान्त पार्न उनीहरुको घर पुग्छन् ।
बब्लू झगडा छुट्याउन पुगेपछि पप्पु रिसले आगो भए । दुवैबीच केहिबेर भनाभन हुन्छ र बल्लू आफ्नै घर फर्किन्छन् । तर पप्पुले आँफुहरुलार्य सम्झाउन आएको mभोकमा ति छिमेकीको घरमा नै गएर उनीमाथि खनिन्छन् ।
श्रीमान श्रीमतीको झगडामा बीचमा आएको भन्दै बब्लूप्रति फलामे डण्डा बोकेर पप्पु बब्लूको घर गए र उनलाई आक्रमण गरे । टाउकोमा चोट लागेका कारण उनी गम्भिर घाइते बनेका उनको उपचारका क्रममा निधन हुन्छ । पप्पुलाई प्रहरीले हिरासतमा लिएर अनुसन्धान गरिरहेको छ । यस विषयमा अहिले अनुसन्धान चलिरहेको छ ।