एजेन्सी-सीताबाट नाकिा करिना कपुरको नाम हटेको छ । फिल्ममा उनले १२ करोड मागेको समाचार बाहिर आएपछि उनले सर्वोत्र आलोचना खेपेकी थिइन् । तर अहिले भने फिल्मममा उनको नाम आएको बारे आफुलाई जानकार नभएको फिल्मका निर्देशक विजयन्द्र प्रसादले बताएका छन् । बरु फिल्ममा कंगनाको नाम सुझाएको बताइएको छ । केवीप्रसादले फिल्ममा सीताको भूमिकाका लागि करिना र आलिया भट्टलाई प्रपोज गरेको कुरामा पनि हल्ला मात्र बताएका छन् ।
एक अन्तर्वार्ताको क्रममा उनले भनेका छन् । ‘मैले भर्खर स्क्रिप्ट लेख्न सुरु गरेको छु । त्यो पुरा भएपछि हामी अभिनेत्रीको खोजी गर्नेछौ ।’ फिल्ममा सीताको रामसँग विवाह अगाडिको जीवन देखाइनेछ ।
केवीप्रसादले बाहुबली सीरीज, बजरंगी भाइजान, मणिकर्णिका र थलाइवीका लागि स्क्रिप्ट लेखका थिए । केवी अव फिल्म सीता लेख्दैछन् । यो फिल्म हिन्दीको साथसाथै तमिल, तेलुगु, मलयालम र कन्नडमा पनि रिलिज हुनेछ ।