बेल्जीयमद्धारा पोर्चुगल पराजित, रुँदै घर फर्कियो रोनाल्डोको टिम — OSNepal

बेल्जीयमद्धारा पोर्चुगल पराजित, रुँदै घर फर्कियो रोनाल्डोको टिम

LC (KTM) June 28, 2021 0

एजेन्सी । विश्वचर्चित टिम पोर्चुगललाई हराउँदै बेल्जीयम युरोकप फुटबलको क्वाटरफाईनलमा शानका साथ प्रवेश गरेको छ । गएराती सम्पन्न नकआउट चरणको खेलमा रोनाल्डो जस्ता पावरफुल खेलाडीको टिमलाई घर पठाउँदै बेल्जीयम १–० ले विजयी भएर क्वाटरफाईनलमा प्रवेश गरेको हो ।

बेल्जीयमलाई विजयी गराउन थोर्गन हाजार्डले ४२ औं मिनेटमा गरेको गोल नै निर्णायक बन्यो । फलामको चिउराजस्तो कडा प्रतिस्पर्धी मानिएको उपाधि दावेदार पोर्चुगलविरुद्धको खेलमा हराउन सफल भएको बेल्जिीयमले क्वाटरफाईनलमा प्रतिद्धन्दी इटालीसँग खेल्नेछ ।

त्यस्तै गएराती नैं भएको अर्को खेलमा नेदरल्याण्ड्सलाई २–० ले हराउँदै चेक रिपब्लीक पनि क्वाटरफाईनलमा पुगेको हो । खेलमा चेक रिपब्लीकलाई विजयी गराउन टामस होल्स र प्याट्रिक शिकले एक एक गोल गरे । जितसँगै चेक रिपब्लीकले डेनमार्कसँगको क्वाटरफाईनलमा प्रतिस्पर्धा गर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर