काठमाडौं । बलिउड अभिनेत्री शिल्पा सेट्टीका पति तथा व्यवसायी राज कुन्द्रा पछिल्लो समय मुख छोपेर बाहिर हिड्छन् । अहिले उनले सामाजिक संजालमा फर क फरक स्टाटस लेखेर चचर्चामा आउने गरेका छन् । उनले ट्वीटर एकाउन्टमा पुनः पोस्ट गर्न थालेका छन् ।
उनको पोस्ट देखेपछि धेरैले सोचेका छन् कि आखिर राज कुन्द्रालाई किन अहिलेसम्म रिस उठिरहेको छ रु मुख लुकाउने कुनै काम गरेका छैनन् भने उनी किन मास्कको पछाडि किन लुकिरहेका छन् ।
घृणा गर्नेहरु नचाहिएको र पुरानै पर्याप्त भएको बताउदै उनले स्टाटस लेखेपछि उनी पुनं चर्चामा आएका हुन् ।उनले फेरी ह्यासट्याग प्रयोग गर्दै ट्रोलर्स कहाँ छौं, कृपया मलाई नछाड्नु भनेर पोस्ट गरेका छन् ।
यद्यपी उनले मुख लुकाउन भने छाडेका छैनन् । हुडी पहिरिएर होस् या मुख पूरै छोपेर उनी घरबाट निस्कन्छन् र मिडियालाई अनुहार देखाउँदैनन् ।