जोरबिजोर प्रणालीमा सार्वजनिक सवारीसाधन चलाउन दिनेबारे आज निर्णय गरिने — OSNepal

जोरबिजोर प्रणालीमा सार्वजनिक सवारीसाधन चलाउन दिनेबारे आज निर्णय गरिने

LC (KTM) June 28, 2021 0

काठमाडौं-जारी निषेधाज्ञा थप गर्ने नगर्ने बारेमा सोमबार बस्ने बैठकले तय गर्ने भएको छ । हिजो आइतबार बसेको पत्यकाका तीनै जिल्ला प्रमुख अधिकारीबीच बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

अहिलेसम्मको कोरोना संक्रमणबारे छलफल भएको र आज बस्ने बैठकले निषेधाज्ञा थप गर्ने नगर्नेबारे तय गर्ने बताइएको छ ।आज निजी सवारी जस्तै जोरबिजोर प्रणालीमा सार्वजनिक सवारी खुलाउनेबारे छलफल हुने छ ।

यो साता खुकुलो भएको निषेधाज्ञाले संक्रमणदरमा पारेको प्रभाव अर्को साताबाट मात्र थाहा हुने भएकाले र एकैपटक यातायात खुलाउदा संक्रमणदर बढ्न सक्ने भन्दै जोरबिजोरबाट सार्वजनिक सवारी खुलाउन सकिने बतायएको छ । सार्वजनिक यातायात सञ्चालनका लागि यातायात व्यवसायीले माग गरिरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर