पोखरामा हादेवको मूर्ति हेर्नका लागि पर्यटकको घुइचो — OSNepal

पोखरामा हादेवको मूर्ति हेर्नका लागि पर्यटकको घुइचो

LC (KTM) June 28, 2021 0

पोखरा महानगरपालिका वडा नं २२ पुम्दीकोटमा निर्माण हुँदै गरेको महादेवको मूर्ति हेर्नका लागि आन्तरिक पर्यटकको चहलपल बढ्दै ।

पहिरो पीडितलाई प्रशासनको राहत-जिल्ला प्रशासन कार्यालय म्याग्दीले हालैको पहिरोबाट घरबास गुमाएका मालिका गाउँपालिकाका पीडितहरुलाई राहत वितरण गरेको छ । जिल्ला प्रशासन कार्यालयका कर्मचारीहरु गाउँमै पुगेर पहिरो पिडितलाई राहत वितरण गरेका हुन् । मालिका गाउँपालिकाको निस्कोट, रुम, ओखरबोट, डाँडागाउँ र दरबाङका ३१ घरपरिवारलाई नगद राहत वितरण गरिएको प्रशासनले जनाएको छ । पाँच जनासम्म सदस्य भएको परिवारलाई प्रतिपरिवार रु १५ हजार र छभन्दा बढी सदस्य भएका परिवारलाई प्रतिपरिवार रु २० हजारका दरले राहत उपलब्ध गराइएको हो । मालिकामा कुल करिब रु छ लाख वितरण भएको छ ।

प्रशासनका नायब सुब्बा शिव शर्मा, पूर्ण खत्री, लीला चोखाल, आनन्द रिजाल र इलाका प्रहरी कार्यालय दरबाङका सोमबहादुर रानाको टोलीले राहत वितरणका साथै पहिरोले पु¥याएको क्षति र जोखिमको बारेमा जानकारी लिएको छ ।

प्रमुख जिल्ला अधिकारी गणेशबहादुर अधिकारीको अध्यक्षतामा जिल्ला विपद् व्यवस्थापन समितिको पछिल्लो पटक बसेको बैठकले पहिरोमा घर भत्किएका, पुरिएका, बगेका र क्षति पुगेकाहरुलाई राहत वितरण गर्ने निर्णय गरेको थियो । अन्य पालिकाहरुमा पनि राहत वितरण भइरहेको प्रशासनले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर