काठमाडौं :
फरवार्ड करिम बेन्जेमाले पहिलो पटक वर्षको उत्कृष्ट फुटबलरको अवार्ड बालोन डी’ओर जितेका छन् ।रियल मड्रिडका उनले पहिलो पटक विश्वको उत्कृष्ट वर्ष खेलाडी चुनिन् सफल भएका हुन् ।
रियललाई २०२१(२२ मा च्याम्पियन्स लिग र ला लिगा जिताउन बेन्जेमाले ४६ खेलमा ४४ गोल गरेका थिए। यसअघि यो उपाधी योनल मेस्सी ९सात० र क्रिस्टियानो रोनाल्डो ९पाँच० ले यो अर्वाड हात पारिसकेका छन् ।
२०२१(२२ मा लिभरपुलमा रहेका बायर्न म्युनिखका साडियो माने म्यानचेस्टर सिटीका केभिन डे ब्रुइनभन्दा दोस्रो स्थानमा थिए। बार्सिलोनाकी एलेक्सिया पुटेलासले २०२२ को सर्वोत्कृष्ट महिला फुटबलरको अवार्ड प्राप्त गरिन् । इंग्ल्याण्ड युरो २०२२ को विजेता र आर्सनलका फरवार्ड बेथ मीड दोस्रो भए ।