सन् १९७५ जुन २५ मा भारतका लागेको संकटकालका कारण पुरै देश प्रभावित भएको थियो । फिल्म उद्योग पनि यसबाट अछुतो रहन सकेन । फिल्म निर्माता तथा कलाकारले एकदमै धेरै नोक्सान खेप्नु परेको थियो ।
आइकनिक फिल्म शोलेको क्लाइमेक्स बदल्नु परेको थियो यो बेला भने किशोर कुमारको गित समेत बन्द गर्नु परेको थियो । १९७५ अगस्ट १५ मा हिन्दीको एकदमै आइकनिक फिल्म मानिएको शोले रिलीज भएको थियो ।
अमिताभ बच्चन, धर्मेन्द्र, संजीव कुमार, जया बच्चन तथा हेमा मालिनी जस्ता स्टार्स यस फिल्ममा रहेका थिए । यो फिल्म सुपरहिट नै साबित भयो । रमेश सिप्पीको निर्देशनमा बनेको यस शोले फिल्मको संकटकालका कारण क्लाइमेक्स नै बदल्नु परेको थियो ।
रमेशले आफै यसका बारेमा खुलासा गरेका हुन् । उनका अनुसार फिल्मको क्लाइमेक्स जस्तो देखाइएको छ त्यस्तो छैन । सेन्सर बोर्डले फिल्मको क्लाइमेक्समा आपत्ति जनाएको थियो । वास्तवमा क्लाईमेक्सको सिनमा ठाकृुरले आफ्नो तिखो जुत्ताले गब्बर लाई मार्दिएको थियो ।
यस सिनलाई लिएर सेन्सर बोर्डले कानुनी प्रश्न उठाउँदै सिन फेर्न दबाब दिएको थियो । २६ दिन पछि क्लाइमेक्सलाई फेरी शुट गरिएको थियो । जसमा गब्बरले कानुनी रुपमा आत्म सर्मपण गरेका थिए ।