काठमाडौँ । आइफोनसँगै ग्राहकलाई चार्जर नदिएका कारण एप्पललाई कडा झड्का लागेको छ । आइफोन खरिदकर्तालाई मोबाइलसँगै चार्जर उपलब्ध नगराएको भन्दै एप्पल कम्पनीमाथि १० करोड ब्राजिलियन रियल अर्थात् करिब साढे दुई अर्ब रुपैयाँ जरिवानाको अदालतले नै फैसला गरिदिएको छ ।
यो फैसला भनृ ब्राजिलियन अदालतले गरेको हो । फैसलासँगै साओपाउलो स्टेट कोर्टले आइफोनसँगै बक्समा ग्राहकलाई चार्जर पनि उपलब्ध गराउन एप्पललाई आदेश दिएको छ । साओपाउलो स्टेट कोर्टले एप्पल विरुद्ध उक्त फैसला सुनाए लगत्तै एप्पलले भने ब्राजिलियन अदालतको उक्त फैसलाविरुद्ध पुनरावेदन जाने तयारी गरेको छ ।
एप्पलले कार्बन उत्सर्जन तथा विद्युतीय फोहोर कम गर्न आइफोनसँगै बक्समा चार्जर उपलब्ध गराउन छाडे लगत्तै परेको मुद्धा आइफोनलाई महंगो साविक हुन पुगेको हो । एप्पलले हाल नयाँ आइफोनको बक्समा सँगै चार्जर नराखी छुट्टै चार्जर बेच्दै आएको छ ।
सुरु सुरुमा नयाँ आइफोनसँगै बक्समा नयाँ चार्जर पनि दिने गरेको एप्पलले ग्रीन इनिसिएटिभका नाममा ग्राहकलाई अन्याय गर्दै आएकोमा अदालतको निर्णयले कैयौँ ग्राहकहरुले राहात महशुस गरेका छन् । यद्यपी नयाँ आइफोनसँगै चार्जर उपलब्ध नगराउने एप्पल पटक पटक विबादमा तानिँदै आएको छ ।