बर्दिया, १३ -बर्दियाको बारबर्दिया नगरपालिकाले १६ देखि २३ महिना सम्मका सबै बालबालिकाले १५ महिनाभित्र पाउनुपर्ने सबै खोप लगाइ पूर्ण खोप सुनिश्चितता भएको नगर घोषणा गरिएको छ । लुम्बिनी प्रदेशसभा सदस्य तिलकराम शर्माले एक कार्यक्रमबीच बारबर्दिया पूर्ण खोप सुनिश्चितता भएको घोषणा गर्नुभयो ।
कार्यक्रममा जिल्ला खोप समन्वय समितिका संयोजक तथा जिसस प्रमुख शंकरप्रसाद थारुले पूर्ण खोप सुनिश्चिता गर्न सफल भएकोमा धन्यवाद दिनुभयो ।पालिकाका नगरप्रमुख दुर्गाबहादुर थारु (कबिर)ले बारबर्दिया स्वास्थ्य शाखाको नेतृत्वमा स्वास्थ्यकर्मी तथा महिला स्वास्थ्य स्वयमसेवीकाको निरन्तर गरेको कार्यले सम्भव भएको बताउनुभयो ।(रासस)