काठमाडौं –
‘विवाद’ले रोकिएको फिल्म प्रसादमा अब नम्रताले अभिनय नर्गने भएकी छन् । प्रसाद’मा शिर्ष भूमिका निर्वाह गरेकी नम्रता ‘प्रसाद २’मा भने नदेखिने भएकी हुन् । दोस्रो श्रृंखलामा दर्शकले नम्रता श्रेष्ठलाई हेर्न नपाउने भएपछि उनका फ्यानहरु निराश भएका छन् ।
‘विवाद’ले रोकिएको फिल्मको आगामी छायांकन मंसिर ७ गतेदेखि सुरु गर्ने लिखित सहमति भइसकेको छ ।नम्रताको ठाउँमा अब ऋचा शर्मा देखिने सम्भावना बलियो रहेको बताइएको छ ।
निर्देशक सुदर्शन थापा र निर्माताले ऋचालाई प्रस्ताव राखिसकेका छन् भने ऋचाले पनि स्क्रिप्ट मन पराएकी छन् । फिल्म ऋचा विपिन कार्कीको अपोजिटमा देखिने भएकी छन् । सुशील पौडेलले लेखेको फिल्मको पहिलो श्रृंखलाले बक्स अफिस र समीक्षात्मक दुवै हिसाबमा राम्रो सफलता प्राप्त गरेको थियो ।