काठमाडौँ – नेकपा एमालेका प्रवक्ता प्रदीप ज्ञवालीले पार्टी एकताको लागि अन्तिम सम्म पनि प्रयास गर्ने बताएका छन् । बालुवाटारमा जारी स्थायी कमिटिको बैठकमा सहभागी भएका ज्ञवालीले यस्तो बताएका हुन् । एमालेको स्थायी कमिटिमा माधव नेपाल समुहलाई समे सहभागी गराउने विषयमा समेत बैठकमा छलफल भएको बताएका छन् ।
एमालेलाई अक्षुण्ण राख्न प्रयास भइरहेको बताएका ज्ञवालीले जनताको चाहाना र माधव नेपाल समुहको भहाना मेल नखाएको समेत बताएका छन् । ‘जनताका चाहनाअनुसार उहाँहरुको क्रियाकलाप मेल खाइरहेका छैनन् ।
जनस्तरबाट पनि गम्भीर टीकाटिप्पणी भइरहेको यो समयमा हामी प्रयत्नशील छौँ । अझै आशा मारेका छैनौँ । तर, नेताहरु के गर्नुहुन्छ, आन्दोलन र राजनीतिक जीवनलाई कुन बाटोमा लैजानुहुन्छ, त्योचाहिँ भविष्यले बताउला’ ज्ञवालीले भने ।