बलिउड फिल्म उद्योगमा कार्यरत कलाकार मध्ये नियम र अनुसासन पालना गर्ने नम्बर एक मा पर्छन् अभिनेता अक्षय कुमार । उनी आफ्नो दैनिक रुटिन भन्दा अलिकति तल माथि समेत गर्दैनन् । उनी सधै बिहानै उठ्छन् अनि बेलुका चाँडै सुत्ने गर्छन् ।
उनी बलिउडका पार्टीहरुबाट आफुलाई सधै टाढा राख्ने गर्दछन् । उनी न कुनै फिल्म स्टारको पार्टीको हिस्सा बन्छन् न त कुनै फिल्म इभेन्टमै देखिन्छन् । तपाई यसको असली कारण के हो थाहा पाउन चाहनु हुन्छ ? आउनुहोस् आज हामी तपाईलाई दिदैछौ महत्वपुर्ण जानकारी ।
यसकारण कसैको पार्टीमा जाँदैनन् अक्षय कुमार :
आफु पार्टीमा नजानुको कारण अक्षयकुमारले द कपिल शर्मा शो मा खुलासा गरेका छन् । आफ्नो फिल्म प्रमोशनका लागि आएका बेला उनले कपिल शर्मा शो मा उक्त कुरा बताएका हुन् ।
कपिलले अक्षयलाई सोधेका थिए– तपाईको बिषयमा यो एउटा अफवाह छ कि तपाई बलिउडको पार्टीमा यसकारण जानु हुन्न कि उनीहरुको पार्टीमा सहभागि भएपछि आफ्नोमा पनि बोलाउनु पर्छ भनेर । कपिलले साँचो या झुटो के हो त्यो मात्र भन्दिन आग्रह गरेका थिए ।
अक्षयले कपिललाई जवाफ दिदै यो कुरा साँचो भएको प्रतिक्रिया दिएका थिए । उनले कारण समेत बताएका थिए । अक्षय कुमार राती ९ बजे नै सुत्छन् अनि बिहान ४ बजे उठिसक्छन् । उनलाई आफ्नो निन्द्रा एकदमै प्यारो लाग्छ त्यसैले उनी बेलुका चाँडै र बिहानै उठ्ने गरेका छन् ।
बलिउडको पार्टी एकदमै अबेर सम्म चल्ने भएकोले उनी पार्टीमा गए पनि चाँडै निस्किहाल्ने गरेका छन् । यस गर्नुको कारण उनी आफ्नो रुटिन नबिग्रियोस् भन्नका लागि गरेको बताउँछन् ।