यी हुन् संसारकै अभागी प्रेमी, जसले आफ्नी हुनेवाला सासुलाई मृगौला त दिए तर प्रेमीकाको साथ पाएनन् — OSNepal

यी हुन् संसारकै अभागी प्रेमी, जसले आफ्नी हुनेवाला सासुलाई मृगौला त दिए तर प्रेमीकाको साथ पाएनन्

LC (KTM) October 16, 2022 0

काठमाडौँ । चोखो माया प्रेमका उदाहरणहरु हिजोआज पनि हाम्रो गाउँ समाजमा देख्न पाइन्छ । प्रेमीले प्रेमीकालाई र प्रेमीकाले प्रेमीकालाई चोखो माया दिँदा दिँदै भएका धोकाहरु पनि यहाँ कैयौँ छन् । जसले बाँचुन्जेली पिरोलीरहेका पनि छन् । सच्चा प्रेम गर्ने एक प्रेमीले आफ्नी मायालु मात्रै नभएर आफ्नो किड्नी समेत गुमाउन पुगेका छन् । खबर हो मेक्सिकोको ।

मेक्सिकोको उजिएल मार्टिनेजले आफ्नी प्रेमिकाकी आमाको ज्यान बचाउन एउटा मिर्गौला दिए । तर प्रेमीकाले त्यो गुन बिर्सेर उनलाई बाँचुन्जेली सम्झिरहने धोका दिएकी छिन् । त्यो पनि किड्नी दान गरेको एक महिना पनि नबित्दै । पेशाले शिक्षक रहेका उनले आफ्नी प्रेमिकाकी आमाको ज्यान बचाउन एउटा मिर्गौला दिएका थिए।

यद्यपि आमाको अपरेसन भएको एक महिना पनि नबित्दै प्रेमिकाले उनलाई ब्रेकअप दिएको समाचारमा जनाइएको छ । टिकटकमार्फत मार्टिनेजले आफ्नो कहानी बताउँदै अहिले प्रेमिकाको अर्कैसँग विवाह भएको रहस्य खोलेका छन् ।

आफू अहिले एउटा मिर्गौलाको साथ पनि खुसी रहेको र आफूलाई पूर्वप्रेमिकाले गरेको कार्यप्रति कुनै किसिमको गुनासो नरहेको ति महान् प्रेमीले उल्लेख गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर