बलिउड पछि हलिउडमा समेत प्रभाव जमाउन सफल नायिका प्रियंका चोपडाले जोनसले हालै आफ्नो रेष्टुरेण्ट सोनामा स्वादिष्ट परिकारको मज्जा लिएकी छिन् ।
उनले रेष्टुरेण्टमा साउथ इण्डियन खाना संगै भारमा एकदमै मनपराईने गोलकप्पा अर्थात पानी पुरीको स्वाद लिएकी छिन् । आफ्नो यो अनुभवलाई उनले फ्यानहरुको माझमा शेयर गरेकी छिन् । तस्बिर संगै उनले एक स्पेशल नोट समेत लेखेकी छिन् ।
प्रियंकाले आफ्नो इन्ष्टामा रेष्टुरेण्टको किचन सम्मको तस्बिर शेयर गरेकी छिन् । उनको पहिलो तस्बिरमा ब्लु शेडको सर्ट र लाइम कलरको प्लाजा पेन्टमा उनलाई निक्कै सुन्दर देखिएको छ । उनले आफ्नो टिम तथा साथी संग समय बिताएकी थिईन् ।
उनले आफ्नो इण्डियन खाना पाईने रेष्टुरेण्टमा फेमस गोलकप्पा खाँदै गरेको फोटो समेत शेयर गरेकी छिन् । त्यतिमात्र हैन उनले गोलकप्पा अरुलाई पनि दिएकी छिन् । उनले आफ्नो रेष्टुरेण्टको किचनको पनि भिजिट गराएकी थिईन् ।
उनले फोटो संगै लेखेकी छिन्– आफैलाई बिश्वास भईरहेको छैन अन्ततः सोनामा म छु । ३ बर्षको योजना पछि हाम्रो मायाले भरीएको मेहनत देखिरहेको छु । मेरो मन सोनाको एकदमै अनुभव दिलाउने खालको किचन र तथा टीम संग भेट्नको लागि अत्यन्तै उत्साहित छु ।