काठमाडौं :
भिटेनलाई उछिन्दै दोङ सबैभन्दा महंगा नेपाली र्यापर बनेका छन् । उनले विदेशमा हुने एक शोमा प्रस्तुति दिएबापत ६ लाख रुपैयाँ भन्दा बढी पारिश्रमिक लिएसँगै उनी महंगा र्यापार बनेका हुन् ।
देश विदेशबाट उच्च डिमान्ड भएसँगै उनले आफ्नो पारिश्रमिकमा भारी वृद्धि गरेका हुन् ।‘दश टाउके रावण’ जस्ता चर्चित र्याप गीत गाएका उनले हालै अस्ट्रेलिया टुरबाट उनले २२ लाख रुपैयाँ बढी कमाएको बताइएको छ ।
दोस्रो महंगो र्यापरमा भिटेन छन् । उनले विदेशमा हुने एउटा शो ३ लाख रुपैयाँभन्दा बढी पारिश्रमिक लिने गरेका छन् । जी-बब तेस्रो महंगा र्यापर हुन्, जसको प्रति शो पारिश्रमिक दुई लाख रुपैयाँ भन्दा बढी लिने गरेका छन् ।