आफैलाई फिल्म समालोचक घोषणा गरेका केआरके सधै भरी बिबादमै रहन चाहन्छन् । उनी अर्का संग बिबाद गर्नमा माहिर छन् । हालै सलमान खानको फिल्म राधेको नेगेटिभ रिब्यु गरेर उनी निक्कै चर्चामा र आलोचनामा घेरीए ।
उनले ब्यक्तिगत रुपमा समेत आरोप लगाएका थिए । त्यसपछि उनको यहि बिषयलाई लिएर गायक मिका सिंह संग पुरै वाकयुद्ध नै चल्यो । अझै पनि उनि संगको वाकयुद्ध जारी नै रहेको छ । केआरके जो संग पनि बिबाद गर्न र झगडा गर्न सधै तयार रहेका छन् ।
उनले सलमान पछि अर्जुन कपुर र मलाइका अरोडालाई लिएर पनि टिप्पणी गरेका थिए । उनले अर्जुन र मलाइकाको तस्बिर पोष्ट गर्दै बाघ होस् भन्ने टिप्पणी गरेका छन् ।
कंगना संग यसरी निहुँ खोजे :
अहिले आएर उनले अभिनेत्री कंगना संग निहुँ खोज्न सुरु गरेका छन् । केआरके ले फ्लप हिरोईन भन्दै उनले कंगनाको आगामी बन्ने इमरजेन्सी फिल्म उनको १२ औ सुपर फ्लप फिल्म हुने दाबी गरेका छन् । कंगना अहिले फिल्म इमरजेन्सीको शुटिंगमा रहेकी छिन् । यो फिल्म पुर्व प्रधानमन्त्री इन्दिरा गान्धीमा आधारीत फिल्म रहेको छ ।
केआरकेले ट्विट गर्दै इमरजेन्सी पनि मधुर भण्डाकरको फिल्म इन्दु सरकारको जस्तै फ्लप हुने दाबी गरेका छन् । उनले लेखेका छन् –मधुर भण्डाकरले इन्दिरा गान्धि तथा इमरजेन्सीमा आधारीत फिल्म इन्दु सरकार बनाए तर यस फिल्म हेर्न कुकुर समेत गएन ।
अब दिदी कंगना यस बिषयमा फिल्म बनाउन गईरहेकी छिन् यसको मतलब उनी आफ्नो १२ औ फ्लप फिल्म बनाउन चाहि रहेकी छिन् । केआरकेले ट्वीट गर्दै पछिल्ला ११ फिल्म सुपर फ्लप फिल्म रहेको दाबी गरेका छन् ।