काठमाडौं घट्यो संक्रमितको संख्या, आज भेटिए ३ सय भन्दा कम संक्रमित ! — OSNepal

काठमाडौं घट्यो संक्रमितको संख्या, आज भेटिए ३ सय भन्दा कम संक्रमित !

LC (KTM) June 27, 2021 0

काठमाडौं । पछिल्लो २४ घण्टामा थप १९२० जनामा कोरोना संक्रमित भेटिएका छन् । संक्रमित मध्य काठमाडौं उपत्यकमा ४२४ जना रहेका छन् । जसमा काठमाडौं जिल्लामा २९२, ललितपुरमा १०० र भक्तपुरमा ३२ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६००० जनामा गरिएको पीसीआर परीक्षणमा १३५३ र ३८३६ जनामा गरिएको एन्टिजेन परीक्षणमा ५६७ जना गरी १९२० जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा कोरोना ३००७ जनाले कोरोना जितेका छन् । हालसम्म ६ लाख ६५ हजार ७७७ जनामा कोरोना भाइरस संक्रमण भएकामा ५ लाख ८४ हजार ३३४ जना संक्रमणमुक्त भएका छन् । त्यस्तै सोही अबधीमा ३४ जनाको मृत्यु भएको छ । हाल सम्म कोरोनाका कारण मृत्यु हुनेको संख्या ९००९ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर