मोटरसाइकल चोरी गरी भाग्दै गरेका मिलन र होमराज मोरङबाट समातिए — OSNepal

मोटरसाइकल चोरी गरी भाग्दै गरेका मिलन र होमराज मोरङबाट समातिए

LC (KTM) June 27, 2021 0

दमक, १३ असार – यहाँबाट मोटरसाइकल चोरी गरेर मोरङको मधुमल्लातर्फ पु¥याएका दुई जनालाई चोरीको मोटरसाइकलसहित प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेमा मोरङ मिक्लाजुङ गाउँपालिका– ६ का १९ वर्षीय मिलन कार्की र मिक्लाजुङ–९ का होमराज कन्दङ्वा रहेको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।

मधुमल्ला बजार नजिकैबाट हुलियाका आधारमा चोरीमा संलग्न दुवैलाई शनिबार इलाका प्रहरी कार्यालय मधुमल्लाको टोलीले नियन्त्रणमा लिएको हो । दुई दिनअघि दमक–७ का राजु श्रेष्ठको घरमा पार्किङ गरी राखेको अवस्थामा को २७ प ९४३६ नम्बरको मोटरसाइकल चोरी भएको थियो ।पक्राउ परेका दुवैलाई इलाका प्रहरी कार्यालय दमकमा राखेर थप अनुसन्धान अघि बढाइएको प्रहरी नायब उपरीक्षक नवराज कार्कीले बताउनुभयो ।

बालकको डुबेर मृत्यु-झापाको गौरादह नगरपालिका–४ मैदान घोपामा दुई वर्षीय एक बालकको पानीमा डुबेर मृत्यु भएको छ । स्थानीयवासी गोपाल भट्टराईका छोरा संयोगको पैनीको पानीमा डुबेर मृ त्यु भएको हो ।प्रहरीका अनुसार शनिबार अगाडिको पैनीमा खेल्ने क्रममा उनी अचानक डुबेका थिए । बालकका बुबाआमाले तत्कालै उपचारका लागि गौरादहस्थित मेडिकलमा उपचारका लागि ल्याउन साथ मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायब उपरीक्षक कार्की जानकारी दिनुभयो । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर