अलकत्रा पकाउने गाडीमा आगलागी हुँदा दुई जना श्रमिक घाइते — OSNepal

अलकत्रा पकाउने गाडीमा आगलागी हुँदा दुई जना श्रमिक घाइते

LC (KTM) June 27, 2021 0

पाल्पा -पाल्पामा लकत्रा पकाउने गाडीमा आगलागी भएको छ । आलगागीमा परी दुई जना घाइते भएका छन् । घाइते हुनेमा को इस्मा गाउँपालिका–२, का २० वर्षीय बासु मुखिया र सोही स्थानका २१ वर्षीय तेजबहादुर कुमाल रहेका छन् ।

तानसेन नगरपालिका–६, होलाङ्दी–ढुंगाखानी सडकमा कालोपत्र गर्न अलकत्रा पकाइएको गाडीमा अलकत्रा पकाउने क्रममा सोही गाडीमा आइतबार आगलागी भएको हो ।

लु २ क ४३६९ नम्बरको डिस्ट्रिब्युटर सवारी अलकत्रा बिछ्याउने क्रममा आगलागी भएपघि घाइते भएकाहरुको तानसेनस्थित मिसन अस्पतालमा उपचार भइरहेको छ ।

आगलागी निभाउन पुगेको तानसेन नगरपालिकाको दमकल भने मोटर बिग्रिएर पानी फाल्न नसकेपछि गाडी पूर्णरुपमा जलेर नष्ट भएको छ । गाडीमा रहेका सिलिन्डर पड्किएकाले आगो निभाउन नसकिएको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर