काठमाडौं । फिल्म ‘हिजोआजका कुरा’को प्रिमियर भव्य रुपमा गरियो । प्रिमियरमा धेरै कलाकारहरुको उपस्थिती रहेको थियो । सोही प्रिमियरमार्फत अभिनेत्री रिस्ता बस्नेतले प्रेमी सार्वजनिक गरेकी छन् ।
रिस्ताका प्रेमी अजय सिंह ठकुरी रहेका छन् । जो अमेरिकामा बस्दै आएका छन् । उनी हालै नेपाल आएका हुन् । आफूहरु झण्डै एक वर्षदेखि रिलेसनसिपमा रहेको रिस्ताले खुलाइन् ।
रिस्ताले अजय र आफ्नो रिलेसनसिपबारे खुलेर कुरा गरेकी छन् । आफूहरु साथीभन्दा माथि रहेको स्वीकार्दै रिस्ताले आफूलाई अजयको धैर्य गर्ने क्षमता मनपर्ने बताइन् । ‘
मलाई कसैले खुसीपूर्वक झेल्न सक्छ भने उहाँ नै हो,’ उनले भनिन् । त्यस्तै यता अजयले पनि स्ताको बोली, आँखा र बानी व्यहोरा मन पर्ने बताए । आफूहरु यसअघि पनि दुईवटा फिल्मको प्रिमियरमा सहभागी भइसकेको पनि रिस्ताले बताइन् । उनले चाडै नै बिहे गर्ने योजनामा रहेको सुनाइन् ।