काठमाडौँ १३ असार । वैशाख १६ गते देखि जारी निषेधाज्ञा फेरि एक साता थपिने भएको छ । कोरोना भाइरसको दोस्रो लहर सुरु भएसँगै जारी गरिएको निषेधाज्ञा थप गर्ने विषयमा आज तिनै जिल्लाको प्रमुख अधिकारीहरुको बैठक बस्ने भएको हो ।
आज अपरान्ह्र चार बजे बैठक बस्ने भएको छ । असार ७ गते देखि खुकुलो बनाउँदै थपिएको निषेधाज्ञा फेरि एक साता केही क्षेत्रलाई सहजीकरण गर्ने गरी थपिने बुझिएको छ ।
आजको बैठकमा सार्वजनिक यातायताको खोल्न कि नखोल्ने भन्ने विषयमा पनि निणर्य हुने बताइएको छ ।