काठमाडौँ १३ असार । नेपाली कांग्रेसका सभापति शेरबहादर देउवासँग विश्वासको मत लिन सक्ने आधार भएको वरिष्ठ अधिवक्ता सविता भण्डारीले बताएकी छन् । आज संसन विघटन विरुद्ध रिट निवेदहरुको अन्तिम दिनमा बहस गर्दै अधिवक्ता भण्डारीले देउवासँग विश्वासको मत माग्ने आधार हुँदा पनि राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्रीमा नियुक्त नगरेर बदनियत राखेको बताएकी हुन् ।
‘प्रधानमन्त्री ओलीले पहिला ७६ (१) अनुसारको पिएम हुँदा विघटन गर्नुभयो । पुनःस्थापनापछि पनि दुई वा दुईभन्दा बढी दल मिलेर अर्को सरकार बनाउन नसक्दा ओली फेरि ३ अनुसार पिएम हुनुभयो । अधिवक्ता भण्डारीले भनिन्, ‘उहाँले विश्वासको मत नलिएर मार्ग प्रशस्त गर्नुभयो । राष्ट्रपतिले शेर बहादुर देउवालाई नियुक्त नगरेर बदनियत राख्नुभएको छ । १४९ जनाको हस्ताक्षर सहित जाँदा उहाँले प्रधानमन्त्रीमा शेरबहादुर देउवालाई नियुक्त गर्नुपथ्र्यो ।’
संविधानको धारा ७६ (३) अनुसारको प्रधानमन्त्रीले विश्वासको मत नलिएपछि फेरी जान पाउने अधिकार नभएको बताएकी भण्डारीले केपी ओली अब प्रधानमन्त्रीबाट संविधान अनुसार मुक्त भैसकेको बताएकी छिन् ।