काठमाडौँ १३ असार । नेकपा एमालेको १० औँ महाधिवशेनको बैठक असार १६ गते हुने भएको छ । आज बसेको स्थायी कमिटिको बैठकले दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बैठक बोलाउने निणर्य गरेको हो ।
पछिल्लो राजनीतिक अवस्थाको विषयमा छलफल गर्न महाधिवेशन आयोजक कमिटीको बैठक
बोलाइएको प्रवक्ता प्रदीप ज्ञवालीले बताएका छन् । विपक्षी दललाई साथ दिँदै आएका एमालेका माधव नेपाल समुहका नेतामाथि थप कारवाही गर्ने विषयमा पनि महाधिवेशन आयोजक कमिटीको बैठकमा छलफल गरिने आजको बैठकमा जनाइएको छ ।