रूपन्देही २ मा गठबन्धनका गुरूङको उम्मेदवारी खारेज, चिट्ठा पर्यो विष्णु पौडेललाई — OSNepal

रूपन्देही २ मा गठबन्धनका गुरूङको उम्मेदवारी खारेज, चिट्ठा पर्यो विष्णु पौडेललाई

LC (KTM) October 12, 2022 0

काठमाडौं, असोज २६ । सँधै रूपन्देही क्षेत्र नम्बर २ बाट निर्वाचन जित्दै आएका एमाले उपाध्यक्ष विष्णु पौडेलले यस पटक पनि निर्वाचनमा बाजी मार्ने पक्का भएको छ ।

सत्ता गठबन्धनबाट उम्मेदवारी दिएका राजु गुरूङको उम्मेदवारी खारेज भएसँगै नेकपा एमालेबाट उम्मेदवारी दिएका उपाध्यक्ष विष्णु पौडेललाई गज्जब भएको हो ।

सत्ता गठबन्धनबाट नेकपा एकीकृत समाजवादीका गुरूङले यहाँ टिकट पाएका थिए तर अदालतले बैंकिङ कसुरमा गुरूङलाई जरिवाना गरेकाले उम्मेदवार बन्न अयोग्य भएको ठहर गर्दै आयोगले उम्मेदवारी खारेज गरिदिएसँगै उपाध्यक्ष पौडेललाई काइदा भएको हो । २३ वडा रहेको क्षेत्र नम्बर २ मा सत्ता गठबन्धनले १६ वडा जितेको थियो।

६ वडामा एमालेले जित्दा एउटामा स्वतन्त्रले जित्दा नेकपा एमालेबाट वडायक्षका उम्मेदवारहरूले ३३ हजार १ सय ८७ मत ल्याएका थिए भने सत्ता गठबन्धनमा रहेका नेपाली कांग्रेसबाट ३४ हजार ९ सय ५९ मत, माओवादी केन्द्रबाट तीन हजार एक सय ८८, नेकपा एकीकृत समाजवादीले एक हजार तीन सय ८२ मत ल्याएका थिए।

यो क्षेत्रमा राप्रपाले तीन हजार नौ सय २० मत ल्याएको थियो। गत वैशाखमा भएको स्थानीय चुनावमा रूपन्देही २ का पालिकाहरूमा वडाध्यक्षले पाएको मत हेर्दा सत्ता गठबन्धन दुई हजारभन्दा बढी मतले अघि देखिन्छ। विगतमा गुरूङको फर्मका ८ वटा चेक बाउन्स भएको थियो।

सहायक निर्वाचन अधिकृत घनश्याम गौतमले मंगलबार बेलुकी निकालेको विज्ञप्तिमा गुरूङको मनोनयन खारेज हुने गरी निर्णय भएको उल्लेख गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर