राष्ट्रपतिको विषयमा बोल्न पाइदैन भन्ने हु इज केपी ओली ? : प्रचण्ड — OSNepal

राष्ट्रपतिको विषयमा बोल्न पाइदैन भन्ने हु इज केपी ओली ? : प्रचण्ड

LC (KTM) June 27, 2021 0

काठमाडौं १३ असार । पूर्व प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपति विद्यादेवी भण्डारी प्रधानमन्त्री केपी शर्मा ओलीको रबर स्ट्याम्प भएको बताएका छन् । हिजो शनिबार विपक्षी दलहरुले आयोजना गरेको अन्तक्रिया कार्यक्रममा अध्यक्ष प्रचण्डले भडारी ओलीको रवर स्ट्याम्प भएको बताएका हुन् ।

कार्यक्रममा प्रचण्डले राष्ट्रपतिको विषयमा बोल्न पाउने कि नपाउने भनेर निणर्य गर्ने हु इज केपी ओली भनेर प्रश्न गरेका छन् । एक कार्यक्रममा प्रचण्डले राष्ट्रपतिको भन्दा त राजाहरुकै शान मान इज्जत थियो भनेर दिएको अभिव्यक्ति प्रति चर्को आलोेचना भएपछि त्यस विषयमा प्रधाामन्त्री ओलीले समेत टिप्पणी गरेका थिए ।

अन्तरिक्रया कार्यक्रममा यस विषयको बोरेमा स्पष्ट पार्दै प्रचण्डले आफुले राजा ल्याउन परेको भनेको नभई राजाभन्दा बढी हुन खोज्नु भएन भनेको बताएका थिए । ‘राष्ट्रपतिको बारेमा बोल्न पाइँदैन भनिदैछ। मैले राजाभन्दा बढी हुन खोज्नु भएन भन्न पो खोजेको हो नि। राजा ल्याउनुपर्‍यो भनेर भनेको हो त होइन नि’ प्रचण्डले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर