काठमाडौं । बलिउड अभिनेता सिद्धार्थ मलहोत्रा र अभिनेत्री कियारा आडवाणी विवाह बन्धनमा बाधिने भएका छन् । भारतिय मिडियाका अनुसर यो जोडीले चैतमा बिहे गर्ने बताइएको छ ।
सन् २०२३ को अप्रिल महिना अर्थात् चैतमा यी दुईबीच विवाह हुने खबर बाहिर आएको हो । सन् २०१८ मा पहिलोपटक यी दुईबीच ‘लस्ट स्टोरिज’ फिल्मको पार्टीमा पहिलोपटक भेट भएको थियो । फिल्म ‘शेरशाह’मा यी दुईको अनस्क्रिन केमेस्ट्री जीवन्त प्रतिविम्बित भएको थियो । यी दुईबीच गोप्य रुपमै बिहेको तयारी भएको भारतिय मिडियाले उल्लेख गरेका छन् ।
निकट परिवार र आफन्तको उपस्थितिमा वैवाहिक कार्यक्रमको योजना बनाइएको छ । बलिउडबाट खासै धेरै जनालाई निम्तो नगरिने र सिद्धार्थको परिवार तथा नातेदारको उपस्थितिमा दिल्लीमा विवाह हुने जनाएको छ ।
रुमा उनीहरुले कोट म्यारिज गर्नेछन् अनि बिहे रिसेप्सन पार्टीको आयोजना गर्नेछन् ।यो जोडी लामो समय देखी प्रेममा रहे पनि लामो समय देखी गुपचुप रहेका थिए ।