जनकपुरधाम- धनुषामा टिपरले किचेर सहचालकको मृ त्यु भएको छ । मृत्यु हुनेमा उदयपुरको कटारी नगरपालिका २ बस्ने २८ वर्षीय बिष्णु भनिने बुद्ध लामा रहेका छन् । उनको श ब आफैले चलाउने स १ ख ९०९ नम्बरको टिप्परले किचिएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । शनिबार राति सबैला नगरपालिका( १० लवटोलीमा मृतकको टाउकोमा टिप्परले किचेको अबस्थामा फेला परेको हो ।
परिवारले चालक बुद्धको ह त्या भएको दावी गरेको छ । टिप्पर ब्याक गरेर किचिएको जस्तो देखिएकाले भाइको ह त्या भएको मृतकका दाई हरि लामाले बताए ।‘मृतकको अनुहार देखिएको छैन। घटना अनुसन्धानकै क्रममा रहेको प्रहरीले बताएको छ ।
प्रहरीले शनिबार साँझ ६ बजे घटना भएको बताएपनि मृतकका आफन्तले भने शनिबार दिउँसो साढे ३ बजेतिरै घटना भएको दाबी गरेका छन्। चालकको श व फेला परेको ठाउँमा टिपर स्टार्टकै अवस्थामा थियो। प्रहरी पुगेर टिपरको स्टार्ट बन्द गरेको मृतक परिवारले जनाएका छन्। लामाको ह त्या भएको भन्दै मृतक परिवारले श व उठाउन दिएका छैनन्।