काठमाडौं । चीनले सगरमाथा क्षेत्रबाट भूमिगत रेलमार्ग बनाउने प्रस्ताव राखेको छ ।नेपाल–चीनबीचको बहुप्रतीक्षित रेलमार्गलाई सगरमाथा राष्ट्रिय निकुञ्ज हुँदै भूमिगत सुरुङ निर्माण गरेर लैजान चीनले प्रस्ताब राखेको हो ।
सगरमाथा क्षेत्र हुँदै नेपाल–चीन रेलमार्ग बनाउन सुझाएको बारे हङकङको अखबार साउथ चाइना मर्निङ पोस्टले समाचार छापेको छ । उक्त रेलमार्ग निर्माण गर्न ८ अर्ब डलर लागत लाग्ने बताइएको छ ।
रेलमार्गले नेपालको अर्थतन्त्र उकास्ने चिनिया पक्षको दावी छ । दुबै मुलुकको एक हजार किलोमिटर लामो सीमा हुँदै रेलमार्ग बनाउन ६ वटा रुट प्रस्ताव गरिएको र कुन रुट छनौट गर्ने भन्नेबारे चिनियाँ प्राविधिक अन्यौलमा छन् ।
सगरमाथा क्षेत्रहुँदै बनाइने रेलमार्गमा ३० किलोमिटर लामो सुरुङ बनाउनु पर्नेछ ।नेपालको राजधानी काठमाडौंबाट सीमावर्ती सहर गैरुङ हुँदै तिब्बतको रिकाजे सहरलाई प्रस्तावित रेलमार्गले जोड्छ ।