जाजरकोटमा घरमै सुत्केरी भएकी २४ वर्षीया आतमायाको अत्यधिक रक्तस्रावका कारण शिशुलाई जन्म दिने बितित्कै संसार छाडिन — OSNepal

जाजरकोटमा घरमै सुत्केरी भएकी २४ वर्षीया आतमायाको अत्यधिक रक्तस्रावका कारण शिशुलाई जन्म दिने बितित्कै संसार छाडिन

LC (KTM) June 27, 2021 0

ठूलीभेरी नगरपालिका –६ दुरगाउँ डोल्पाकी २४ वर्षीया आतमाया विकको असुरक्षित रुपमा घरमै सुत्केरी हुँदा मृत्यु भएको छ ।

स्वास्थ्य संस्था नगई घरमै असुरक्षित रुपमा सुत्केरी हुनुभएकी विकको शिशु जन्मिनेबित्तिकै अत्यधिक रक्तस्रावका कारण आज बिहान मृत्यु भएको स्थानीयवासी लक्ष्मीचन्द्र कार्कीले जानकारी दिनुभयो ।

शिशुको स्वास्थ्य अवस्था राम्रो भए पनि दूधको अभावमा समस्या भएको उहाँले बताउनुभयो । सदरमुकाम दुनैभन्दा पाँच घण्टा पैदल दूरीमा दुरगाउँ रहेको छ । अघिल्लो वर्ष पनि यही ठाउँमा सुत्केरीको मृत्यु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर