काठमाडौँमा बस नपाएर समस्यामा परेका डोटीका स्थानीयलाई बस व्यवस्थापन गरी घर पठाउँदै पूर्वमन्त्री आले — OSNepal

काठमाडौँमा बस नपाएर समस्यामा परेका डोटीका स्थानीयलाई बस व्यवस्थापन गरी घर पठाउँदै पूर्वमन्त्री आले

LC (KTM) September 30, 2022 0

काठमाडौँ-निर्वतमान मन्त्री प्रेमबहादुर आले दसैँका बेला काठमाडौँमा बस नपाएर समस्यामा परेका डोटीका स्थानीयलाई दुईवटा बसको व्यवस्थापन गरी घर पठाउँदै । तस्बिर ः विमलबहादुर विष्ट÷रासस

महानगरको विशेष सरसफाइ अभियान
विराटनगर महानगरपालिकाले सुरु गरेको महानगर सफाइ विशेष अभियान चौथो हप्तामा प्रवेश गरेको छ । अभियानअन्तर्गत शुक्रबार विराटनगर–१ को त्रिवेणी मार्ग र आसपासको क्षेत्रको सफाइ गरिएको छ । झाडु बोकेर महानगरका प्रमुख नागेश कोइराला सफाइ अभियानमा आफैँ खटिनु भएको थियो ।

महानगरका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइराला, विराटनगर–१ को समन्वयमा भएको अभियानमा विराटनगर–१ का अध्यक्ष काजी बस्नेत, २ का अध्यक्ष कुमार पोखरेल, ४ का जितन थापा, ५ का सन्तोष न्यौपानेसहित कर्मचारी, नगर प्रहरीलगायतको सहभागिता थियो ।

महानगरको सफाइ विशेष अभियानमा स्थानीयसमेतले साथ दिएका थिए । घर–घरबाट निस्किएर स्थानीयले सडक, फुटपाथ र नालीको सरसफाइ गरेका थिए । “हामी सबै मिलेर काम ग¥यौँ भने पक्कै पनि महानगर सफा, सुन्दर, हरियाली बत्रेछ”, महानगरका प्रमुख कोइरालाले भत्रुभयो, “कम्तीमा आफ्नो घर, पसल र कार्यालय अगाडि सफा राख्ने बानी गरियो भने महानगर त्यतिकै सफा हुन्छ ।” सरसफाइलाई प्राथमिकतामा राखेर काम गर्नुस् उहाँको भनाइ थियो ।

बाहिरबाट आउने आगन्तुकले पहिलो पटक त सहरलाई नै हेर्ने हो, फोहोर भयो भने पहिलो पटक बाहिरबाट आउने मानिसमा नकारात्मक प्रभाव पर्ने भएकाले सबैले यसमा ध्यान दिनुपर्ने प्रमुख कोइरालाको भनाइ छ ।
सरसफाइ विशेष अभियानमा जनसहभागिता बढ्दै गएको वडा नं १ का अध्यक्ष काजी बस्नेतले जानकारी दिनुभयो । यो अभियानले अहिले विराटनगर पहिलेको तुलनामा निकै सफा देखिएको छ भने महानगरले प्रत्येक शुक्रबार र जिल्ला प्रशासन कार्यालय मोरङले प्रत्येक शनिबार यो अभियानलाई निरन्तरता दिँदै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर